आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

यातायात कार्यविधि निर्देशिका संशोधन : सार्वजनिक सवारीमा धूम्रपान निषेधदेखि चालक र सहचालकको स्वास्थ्य जाँचसम्म

images
सोमबार, जेठ २२ २०८०
images
यातायात कार्यविधि निर्देशिका संशोधन : सार्वजनिक सवारीमा धूम्रपान निषेधदेखि चालक र सहचालकको स्वास्थ्य जाँचसम्म

उक्त संशोधनको सूचना जारी गर्दै विभागले सरोकारवाला सबैमा जानकारीको लागि प्रकाशन गरिएको छ।

images
images

काठमाडौं- यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गरी विभिन्न नियमहरु ल्याएको छ। विभागले आइतबार गरेको निर्णयअनुसार कार्याविधि निर्देशिका २०६० संशोधन भएको हो।  

images
images
images

यातायात व्यवस्था कार्यावधि निर्देशिका, २०६० को बुँदा नम्बर ११ अन्तर्गत देहायअनुसारको नयाँ बुँदा ११ क थप गरिएको र अनुसूची २२ थप गरी मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देशमुलक अडियोको नमूना समावेश गरिएको विभागले जनाएको छ। उक्त संशोधनको सूचना जारी गर्दै विभागले सरोकारवाला सबैमा जानकारीको लागि प्रकाशन गरेको हो।

images
images

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरी थप गरिएको विषय :

images
images

११(क) सार्वजनिक सवारी साधनमा सरसफाइ तथा स्वास्थ्यसम्बन्धी व्यवस्था

११(क)१ सार्वजनिक सवारी साधनको सरसफाइ तथा सम्बद्ध कर्मचारीहरुको व्यवहार र सरसफाइ

१. सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्नेछ। सार्वजनिक सवारीको सिट खोल, भुइँ, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा राख्नुपर्नेछ।

२. सार्वजनिक सवारी साधन भित्र धूम्रपान पूर्णरुपमा निषेध गर्नुपर्नेछ। 

३. सार्वजनिक सवारी साधनमा ध्वनी प्रदूषण हुनेगरी ठूलो आवाजमा संगीत बजाउन पाइने छैन।

४. सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रवर्द्धनात्मक सूचना टाँस गर्नुपर्नेछ।

५. लामो तथा मध्यम दुरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकताअनुसार रोक्नुपर्नेछ।

६. सवारी चालक तथा सहचालकहरुको कम्तिमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था व्यवस्थापकले मिलाउनु पर्नेछ।

चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्नेछ।
सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वाक्य कार्ड प्रदान गर्दा उक्त सवारीको नियमित सरसफाइ भएको व्यहोरा सुनिश्चित गरेको हुनुपर्नेछ।

१९. मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनलाई यात्राको सुरु र अन्तिम बिन्दुमा अनुसूची २२ मा उल्लेखित सूचना प्रसारणको व्यवस्था गर्नुपर्नेछ। 

११(क) २ व्यवस्थापकको कर्तव्य तथा सवारी चालक तथा सहचालको सरसफाइ, बोलीचाली तथा व्यवहार

१. चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्नेछ।

२. टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्नेछ सवारीचालक तथा सहचालकले आफ्नो रोजगारदाता वा कम्पनीले उपलब्ध गराएको परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ र रोजगारदाताले उपलब्ध गराएको पहिचान खुल्ने पोसाक लगाउनुपर्नेछ।

३. चालक तथा सहचालकले यात्रा अवधिभर धूम्रपान तथा मद्यपान सेवन गर्न पाउने छैन।

४. चालक तथा सहचालकले यात्रुसँग नम्र, शिष्ट तथा भद्र बोली तथा व्यवहार प्रदर्शन गर्नुपर्नेछ।

५. यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नलाई प्रोत्साहित गर्नुपर्नेछ।

६. व्यवस्थापकले प्रत्येक वर्ष दुई जोरको दरले आफ्ना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोसाक उपलब्ध गराउनुपर्नेछ।

७. सवारी चलाउँदा सवारी चालक र सहचालकले यात्रुसँग अनावश्यक कुराकानी गर्नुहुँदैन।


प्रकाशित : सोमबार, जेठ २२ २०८००६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend