सोमबार, वैशाख १७ गते २०८१    
images
images

सर्वसाधारणका लागि खुला गरिएको ६ दिनमै पोखराको रत्न मन्दिरबाट डेढ लाख राजस्व संकलन

images
images
images
सर्वसाधारणका लागि खुला गरिएको ६ दिनमै पोखराको रत्न मन्दिरबाट डेढ लाख राजस्व संकलन

राजा ज्ञानेन्द्र शाह पनि आफ्नो शासनको आखिरी कालमा रत्न मन्दिरमा आएर बसेका थिए। विसं २०६२/६३ को जनआन्दोलनपछि उक्त मन्दिर पूर्णरूपमा बन्द भएको थियो। 

images
images

काठमाडौं- सर्वसाधारणका लागि खुला गरिएको ६ दिनमै पोखराको रत्न मन्दिरबाट झन्डै डेढ लाख राजस्व संकलन भएको छ।

images
images
images

जेठ १८ देखि सर्वसाधारणका लागि खुला गरिएको रत्न मन्दिरबाट ६ दिनमा एक लाख ४९ हजार पाँच सय ५० राजस्व संकलन भएको हो। राजा महेन्द्रद्वारा निर्मित रत्न मन्दिर गणतन्त्र दिवसको अवसर पारेर खुला गरिएको थियो।

images

मन्दिर प्रवेशका लागि स्वादिशी नागरिक बाट प्रतिव्यक्ति एक सय विदेशी नागरिक्लाई एक हजार जेष्ठ नागरिक र विद्यार्थीका लागि ५० रूपैयाँ व्यावसायिक भिडियोग्राफी गर्नेबाट घण्टाको १० हजार शुल्क तोकिएको छ। 

images

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने फेवाताल किनारमा रहेको उक्त मन्दिर नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए।

images
images

दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले जानकारी दिए। दरबारका कोठा, भर्‍याङदेखि भित्री संरचना साँघुरा छन्। एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती हुने उनको भनाइ छ। 

पोखरा महानगरपालिका-६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ। गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ। रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ निर्माण सम्पन्न भएको थियो।

पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए। राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रुपमासमेत रत्न मन्दिरलाई लिने गरिन्छ। प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ।

तीनतले दरबारमा ११ कोठा छन्। भुइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडीसी) बस्ने कोठा र आरामकक्ष छन्। दोस्रो तलामा पाँच कोठा छन्। कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ। जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे। राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ।

त्यो बेलाका खेल सामग्री सुरक्षित छन्। दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन्। राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ। बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ। हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन्।

मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन्। राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि श्रृंगारसम्मका सामग्री सुरक्षित राखिएका छन्। भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन्। नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन्। दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री संग्रहित छन्। 

काठ र ढुंगाबाट दरबार बनेको छ। निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ। दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स-साना कोठा छन्। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ।

राजा ज्ञानेन्द्र शाह पनि आफ्नो शासनको आखिरी कालमा रत्न मन्दिरमा आएर बसेका थिए। विसं २०६२/६३ को जनआन्दोलनपछि उक्त मन्दिर पूर्णरूपमा बन्द भएको थियो। 

नेपालमा दुई सय ४० वर्षसम्म शासन गरेको शाहवंशसँग जोडिएको रत्न मन्दिर पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह बनेको थियो। रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनी क्षेत्रफलमा फैलिएको छ। दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल एक सय ७४ रोपनी जग्गा छ।

रत्न मन्दिर र हिमागृहको स्वामित्व अहिले नेपाल ट्रस्टका नाममा छ।

images

प्रकाशित : आइतबार, जेठ २१ २०८००९:३६

प्रतिक्रिया दिनुहोस