सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

images
आइतबार, जेठ २१ २०८०
images
images
राष्ट्रिय योजना आयोगले पायो पूर्णता

नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन्। उनीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी) मा समेत काम गरेको अनुभव छ।

images
images

काठमाडौं- नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। नवनियुक्त सदस्य ढुंगानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिइन्।

images
images
images

यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुंगानालाई नियुक्त गरेको थियो। सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानासँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी) मा समेत काम गरेको अनुभव छ। उनले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन्।

images
images

यसअघि आयोगको सदस्यमा डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसकेका छन्। नवनियुक्त सदस्य ढुंगानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन्।

images
images
images

यसअघि नियुक्त भइसकेका सदस्यमध्ये डा फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांकका साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ।

यसैगरी डा बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २१ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend