सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

घरभाडा नबढाउन अपिल

images
आइतबार, जेठ २१ २०८०
images
images
घरभाडा नबढाउन अपिल

आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ।

images
images

चितवन- व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सम्भव भएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ। आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले यस्तो आग्रह गरेको हो।

images
images
images

संघले कोभिड-१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ। औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ।

images
images

आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको संघले जनाएको छ।

images
images
images

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर/सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारो परेको उल्लेख गरेको छ।
 
संघका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गरेको अपिलमा भनिएको छ, 'घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न संघले सबैमा अपिल गरेको छ।' रासस


प्रकाशित : आइतबार, जेठ २१ २०८००४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend