सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ? नयाँ व्यवस्थाअनुसार कुन सामान कति ल्याउन पाइन्छ? (सूचीसहित)

images
शनिबार, जेठ २० २०८०
images
images
विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ? नयाँ व्यवस्थाअनुसार कुन सामान कति ल्याउन पाइन्छ? (सूचीसहित)

सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म र १ लाख रूपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहनामा मात्रै भन्सार छुट हुने बनाइएको छ। 

images
images

काठमाडौं- सरकारले विदेशबाट नेपाल फर्कँदा तथा नेपालबाट विदेश जाँदा यात्रुले भन्सार तिरेर  र भन्सार छुटमा ल्याउन पाउने वस्तुको विवरणमा केही परिमार्जन गरेको छ।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा बजेटसँग आएका आर्थिक ऐन २०८०, परिमार्जन भएको भन्सारदर तथा छुट सुविधाहरुमा विदेशबाट नेपाल आउँदा तथा जाँदा यात्रुले लैजान र ल्याउन पाउने वस्तुहरुमा पाइने छुट तथा लाग्ने दस्तुर सार्वजनिक भएको छ। 

images
images

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोगका लागि आफूले प्रयोग गरेका आफ्नो साथमा ल्याएका वस्तुमा पाउने छुट सुविधाहरुमा समेत केही परिमार्जन भएको छ। 

images
images
images

यसअघि सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच ग्रामसम्म र एक लाख रूपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहनामा भन्सार छुट हुने व्यवस्था थियो। तर यसलाई केही परिमार्जन गरी सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म र १ लाख रूपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहनामा मात्रै भन्सार छुट हुने बनाइएको छ। 

तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा भने ल्याउन पाइने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।

यसैगरी ट्याबलेट वा ल्यापट वा डेस्कटप कम्युटर,घडी, क्यामेरा, भिडियो क्यामेरा र सेलुलर मोबाइल फोन एक थान भन्सार छुटमा ल्याउन पाउने व्यवस्थामा पनि थप परिमार्जन भएको छ।

यस्तो व्यवस्थामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तिमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सोबापत लाग्ने महसुल समेत छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने उल्लेख छ।

कुन सामान कति ल्याउँदा पाइन्छ भन्सार छुट?


प्रकाशित : शनिबार, जेठ २० २०८०१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend