शुक्रबार, असोज ४ गते २०८१    
images
images

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी, बैशाखमा मात्रै झन्डै १९ लाख संकलन

images
शनिबार, जेठ २० २०८०
images
images
एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी, बैशाखमा मात्रै झन्डै १९ लाख संकलन

जेठमा हालसम्म पाँच लाख रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ।

images
images

मंगलबारे- पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ। इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो।

images
images
images

समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र बैशाखमा १८ लाख ८५ हजार एक सय पाँच रूपैयाँ भेटी संकलन भएको छ। त्यस्तै जेठमा हालसम्म पाँच लाख रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ।

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए। रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ।

नयाँ समिति आएपछि संकलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए। 'पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएको एक सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ रूपैयाँ भेटी संकलन भएको छ। यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ', उनले भने।

images

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ।

यसअघि मन्दिरमा संकलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ।

यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन। राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन। 

लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन। यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ। 

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताए। रासस


प्रकाशित : शनिबार, जेठ २० २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend