शुक्रबार, असोज ४ गते २०८१    
images
images

नेपाल-भारत संयुक्त बिजनेस फोरम बैठक : थप साझेदारी गर्दै लगानी प्रवर्द्धन गर्नेबारे छलफल

images
बिहीबार , जेठ १८ २०८०
images
images
नेपाल-भारत संयुक्त बिजनेस फोरम बैठक : थप साझेदारी गर्दै लगानी प्रवर्द्धन गर्नेबारे छलफल

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्न भारतका प्रमुख सहरहरूमा लगानीका लागि प्रोत्साहन हुनेगरी काम गर्न सकिने निष्कर्षसमेत निकालिएको छ। 

images
images

काठमाडौं- नेपाल-भारत संयुक्त बिजनेस फोरमले दुई देशबीचको औद्योगिक-व्यापारिक साझेदारीलाई समयानुकुल परिस्कृत गर्दै थप बलियो बनाउन छलफल गरेको छ। संयुक्त बिजनेस फोरमले आपसमा सहयोग बढाउँदै सहसम्बन्ध र साझेदारी निर्माणमा सामूहिक प्रयास गर्नेगरी 'रोडम्याप' बनाउनेगरी छलफल गरेको हो। 

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सम्मिलित नेपाली उद्योगी व्यापारीहरूले भारतसँगको व्यापार साझेदारीलाई वृहत्तर बनाउँदै दुई देशको सम्बन्ध मजबुत बनाउनेगरी छलफल फलदायी भएको बताएका छन्। दुई देशबीच निजी क्षेत्रले गर्नसक्ने लगानीको दायराबारे भएको छलफलले नेपालमा थप लगानीको वातावरण बन्ने विश्वास सिर्जना भएको नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले बताइन्। 

कृषि उत्पादन, औषधी, अटोमोबाइल, ‌औद्योगिक मेसिनरी, पेट्रोलियम र पेट्रोकेमिकल्स, ऊर्जा, सेवाक्षेत्र, उत्पादन क्षेत्र, यातायातार र पूर्वाधार विकासका क्षेत्रमा काम गर्न संयुक्त प्रयासका बारेमा छलफल केन्द्रित रहेको थियो।

नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। भारतसँगको नेपालको व्यापार सन् २०२२-२०२३ मा नै ८.८५ बिलियन अमेरिकी डलरभन्दा बढी रहेको अवस्थामा नेपालको निर्यातको अवस्था भने कमजोर रहेको छ। त्यसमा सुधारका लागि नेपाल-भारत संयुक्त बिजनेस फोरमको बैठकमा कुराकानी भएको नेपाली उद्योगीहरूले बताएका छन्। त्यसमा नेपाल र भारतबीच सन् १९७१ मा भएको दुईपक्षीय व्यापार सन्धीमा अझै समयानुकुल विचार गरिनुपर्ने बताइएको छ।

images

दिगो वृद्धि सुनिश्चित गर्न दुई पक्षबीचको द्विपक्षीय व्यापारलाई विविधीकरण गर्न आवश्यक रहेको छलफलमा बताइएको छ। विभिन्न क्षेत्रहरूमा दुई देशहरूबीचको व्यापार र लगानी प्रवर्द्धनको आवश्यकताबारे पनि कुराकानी भएको थियो। 

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्न भारतका प्रमुख सहरहरूमा लगानीका लागि प्रोत्साहन हुनेगरी काम गर्न सकिने निष्कर्षसमेत निकालिएको छ। 

नवीकरणीय ऊर्जा, जलविद्युत लगायतमा भइरहेका र हुनसक्ने थप सहकार्यबारे पनि उद्योगी व्यापारीहरूले सुझावसहितको छलफल गरेका छन्। 

यस्तै फोरमले वर्षमा दुई पटक बैठक गर्ने सिफारिसमाथि पनि छलफल गरेको छ।

बैठकमा नेपालतर्फको नेतृत्व नेपाल उद्योग वाणिज्य महासघंकी पूर्वअध्यक्ष भवानी राणाले गरेकी थिइन्। नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्य, निवर्तमान अध्यक्ष शेखर गोल्छा, सीएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठको पनि उपस्थिति थियो।


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend