शुक्रबार, असोज ४ गते २०८१    
images
images

फाइबर ग्यास सिलिन्डरको भन्सार ३० बाट ५ प्रतिशतमा झर्‍यो, कसको चासो छ?

images
शुक्रबार, जेठ १९ २०८०
images
images
फाइबर ग्यास सिलिन्डरको भन्सार ३० बाट ५ प्रतिशतमा झर्‍यो, कसको चासो छ?

नयाँ व्यवस्थासँगै मेटलका सिलिन्डरको भन्दा पनि कम्पोजिट सिलिन्डरको भन्सार महसुल न्यून भएको छ। 

images
images

काठमाडौं- कम्पोजिट(फाइबर) ग्यास सिलिन्डरको आयातमा लाग्ने भन्सार महसुल घटेको छ। अर्थ मन्त्रालयले आर्थिक विधेयकमार्फत भन्सार ऐनमा संशोधन गर्दै ३० प्रतिशतबाट भन्सार महसुल ५ मा झारिदिएको छ। 

images
images
images

कम्पोजिट एलपीजी सिलिन्डर अहिलेको मेटल सिलिन्डरको विकल्पका रुपमा मानिन्छ। महँगो भएकाले आम प्रयोगमा आउन नसकेको यस्तो सिलिन्डरको भन्सार महसुलमा सरकारले व्यापक कटौती गरेको हो। 

फाइबर तथा प्लास्टिकबाट बनेको यस्तो सिलिन्डरमा साबिकमा ३० प्रतिशत भन्सार तथा ५ प्रतिशत अन्त:शुल्क महसुल रहेको थियो। यसमा भन्सारदर घटाइएको छ। 

नेपालमा विष्फोटक प्रतिरोधी सिलिन्डरका रुपमा केही कम्पनीले यसको प्रबर्द्धन गर्दै आएका छन्। घरायसी प्रयोगमा न्यून रहेको भए पनि कम्पोजिट सिलिन्डरको भन्सार महसुलमा ब्यापक कटौती भएको हो।

images

सामान्य मेटल  सिलिन्डर सार्क मुलुकबाट आयात गर्दा ७.५ प्रतिशत महसुल तथा ५ प्रतिशत अन्त:शुल्क छ। सार्क बाहिरबाट आयात गर्दा भने भन्सार १५ प्रतिशत छ। 

नेपालमा यस्तो सिलिन्डरको आयात तथा कारोबार गर्ने मुख्यतया 'नेपाल ग्यास' रहेको छ। नेपाल ग्यासले यस्तो सिलिन्डरलाई प्रबर्द्धन गरिरहेको छ। कम्पनीले हालसम्म बजारमा १० हजार सिलिन्डर पठाइसकेको जानकारी दिएको छ। 

कम्पनीले ४ केजी र ९ केजी क्षमताका सिलिन्डर बिक्री गरिरहेको छ। ४.७ केजीको सिलिन्डरमा ५ केजी ग्यास र ९ केजीको सिलिन्डरमा १४.२ केजी ग्यास जाने कम्पनीले जानकारी दिएको छ। 

कम्पनीका अनुसार ९ केजीको सिलिन्डरकोमात्र मूल्य ५ हजार रुपैयाँ छ भने ४.७ केजीको सिलिन्डरको मूल्य २ हजार ५ सय रुपैयाँ पर्छ। 

नयाँ व्यवस्थासँगै मेटलका सिलिन्डरको भन्दा पनि कम्पोजिट सिलिन्डरको भन्सार महसुल न्यून भएको छ। 

नेपालमा नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको पनि यो सिलिन्डरमा चासो रहेको छ। नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारी भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन्।

कुनै उल्लेखनीय व्याख्या तथा परिभाषाबिनै एउटा निश्चित वस्तुमा यति ठूलो भन्सार महसुल हेरफेर हुनु शंकास्पद रहेको व्यवसायीहरूले नै बताएका छन्। नेपाली उपभोक्ताले उपयोग गर्ने सिलिन्डरभन्दा पनि न्यून दरमा आयात गर्न दिने यो नीति किन र कसरी आयो भनेर व्यवसायीहरूले प्रश्न उठाएका छन्। 

नेपाल ग्यासले कम्पोजिट सिलिन्डरको व्यापार गर्न खोजेको धेरै भइसकेको छ। तर उच्च कर तथा न्यून उपभोक्ता आकर्षणका कारणले सफल भएको छैन। नेपाल ग्यासमै रहेका भण्डारीको प्रधानमन्त्रीसँगको निकटताका कारण उनकै प्रभावले पनि यस्तो हुनसक्ने व्यवासयीहरूमाझ चर्चा छ। 

तर किसान श्रेष्ठ संलग्न भएको ग्यास वान उद्योगका एक कर्मचारीले ५ हजार सिलिण्डर पहिले नै ल्याएको बताए।  

'९ केजी सिलिण्डरमा १४.२ केजी ग्यास अट्ने हो। महँगोमा ग्यास सिलिण्डर ल्याए पनि सोअनुसार ग्यास बिक्रीमा कमिसन नपाएको र उपभोक्तामा पनि जनचेतना बढाउन नसक्दा यसमा उद्योगलाई घाटा भयो' ती कर्मचारीले भने।

भन्सार ३० बाट ५ मा झरेको विषयमा पनि आफूहरूलाई कुनै चासो नभएको ती कर्मचारीले बताए।


प्रकाशित : शुक्रबार, जेठ १९ २०८०००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend