शनिबार, असोज १३ गते २०८०    

एकै पटक २३ निर्माण कम्पनी कालोसूचीमा 

images
एकै पटक २३ निर्माण कम्पनी कालोसूचीमा 

यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

images

काठमाडौं- सरकारले समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। स्पष्टीकरणको मौकामा चित्तबुझुदो जवाफ नदिएपछि २३ निर्माण कम्पनी तथा सप्लायर्सलाई एकै पटक कालोसूचीमा राखिएको हो।

images

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचनामार्फत ती २३ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको हो। यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

images

कलोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। समयका काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई सम्बन्धित सरकारी निकायले लेखि पठाउने र त्यस उपर थप बुझेर सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने व्यवस्था रहेको छ। 

images
kalosuchi.PNG

images

प्रकाशित : बुधबार, जेठ १७ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ