शुक्रबार, असोज ४ गते २०८१    
images
images

काभ्रेको नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट

images
मंगलबार, जेठ १६ २०८०
images
images
काभ्रेको नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट
images
images

बनेपा- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ। आमनागरिकलाई गाउँगाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो।

images
images
images

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए। वल्र्ड लिकं कम्युनिकेशनसँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत  सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो।

वल्र्ड लिंकका बागमती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए। अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नुका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो। सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल परिमार्जन गरिने व्यवस्थापक अधिकारीले जानकारी दिए।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ। त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ। नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाइ विस्तार गर्ने तयारीमा रहेको जनाएको छ।

images

त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ। ‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित् स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए। इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबीपीएसको डेडिकेटेड इन्टरनेटको वाइफाइ छोडिएको जनाइएको छ। हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्करुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले ६ वटा वडाको सबैलाई पायकपर्ने स्थानलाई  निःशुल्क वाइफाइ क्षेत्र बनाइने जानकारी दिए। इन्टरनेट सेवा चालु भएपछि स्थानीयवासीले सहजै वाइफाइ जोड्न फ्रिओटीपी सिस्टमबाट पासपोर्ट नै नचाहिने गरी सेवा लिनसक्ने छन्। रासस 


प्रकाशित : मंगलबार, जेठ १६ २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend