मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बजेट २०८०/०८१ : कुन अस्पताल र कस्ता उपचारलाई कति बजेट?

images
मंगलबार, जेठ १६ २०८०
images
बजेट २०८०/०८१ : कुन अस्पताल र कस्ता उपचारलाई कति बजेट?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लखे छ। 

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८३ अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। 

images
images
images

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो। त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीयस्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

images
images

अर्थमन्त्री महतका अनुसार सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लखे छ। 

images
images

बजेटमा पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने समावेश गरिएको छ। सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि ४६ करोड  विनियोजन भएको छ।

यसैगरी क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन भएको छ। 

स्वास्थ्यमा विनियोन भएका विषयगत बजेट 

- ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड रूपैयाँ।

- ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यका लागि ८ अर्ब  रूपैयाँ र आगामी वर्ष सम्पन्न हुने १०० अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड रूपैयाँ।

- क्यान्सर, मेरूदण्ड पक्षाघात र मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका बिरामीलाई औषधी उपचार खर्चबापत दिँदै आएको मासिक ५ हजार रूपैयाँलाई निरन्तरता।

- विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी हेड इन्जूरी तथा सिकलसेल एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड रूपैयाँ।

- एक चिकित्सक/ स्वास्थ्यकर्मी-एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड  रूपैयाँ।


प्रकाशित : मंगलबार, जेठ १६ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend