शुक्रबार, असोज ४ गते २०८१    
images
images

स्वदेशमै रोजगारीको अवसर खोजी गर्न 'रोजगार मेला' : अध्यक्ष ढकाल

images
मंगलबार, जेठ १६ २०८०
images
images
स्वदेशमै रोजगारीको अवसर खोजी गर्न  'रोजगार मेला' : अध्यक्ष ढकाल
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले काठमाडौंमा पहिलो पटक आयोजना गरेको 'रोजगार मेला'ले कामको खोजीमा रहेका यूवाहरुलाई सहयोग पुग्ने बताएका छन्।

images
images
images

महासंघले आयोजना गरेको उक्त मेलाले नयाँ अवसरहरुको खोजी गर्न सघाउनुका साथै आवश्यक सिप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ। 

‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो। यसलाई सफल पार्न यहाँहरु सबैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा हामीले गरेका छौँ,’ उनले भने, ‘महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा हामीलाई निकै खुशी लागेको छ।’

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघिमात्रै अति नै महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको उनले बताए। ‘हामीले निजी क्षेत्रको सम्मानको विषय सुरुदेखि नै उठाइरहेका छौँ,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ।’

images

साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत भन्दा बढी रहेको देखाएको जानकारी दिँदै ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उनले बताए।

केही वर्षयता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउँदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसकेको उनको भनाइ थियो। जसले गर्दा रोजगारीमा ठूलो प्रभाव पर्दा कामका लागि विदेशीनेको संख्या ह्वात्तै बढ्यो। नेपालमा दक्ष जनशक्ति नपाउंदा उद्योग व्यवसायमा भारत लगायतका देशबाट कामदार ल्याउनु परेको उनले जानकारी दिए।

अबका दिनमा महासंघले उक्त समस्या सम्बाेधन गर्ने प्रयासको थालनी गरिसकेको बताउँदै त्यसका लागि उद्योगहरुको आवश्यकता अनुसारको कार्यस्थलमा आधारित सिप विकास तालिम सुरु गरिसकेको उनले जानकारी दिए।

महासंघले काठमाडौंमा आयोजना गरेको मेलाले जनशक्तिको अवस्था,उद्योग प्रतिष्ठानहरुले खोजेको जनशक्ति र जनशक्ति विकासमा गर्नुपर्ने तयारी लगायतका विषयमा आगामी योजना तथा कार्यक्रम वनाउन समेत थप सहयोग ढकालले बताए।

यसअघि महासंघले आईएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य संघहरुको सहकार्यमा केही दिन अघिमात्र वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न भएको थियो। 


प्रकाशित : मंगलबार, जेठ १६ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend