शुक्रबार, असोज ४ गते २०८१    
images
images

ऋण र सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत खर्च बढ्न सकेन : अर्थमन्त्री महत

images
मंगलबार, जेठ १६ २०८०
images
images
ऋण र सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत खर्च बढ्न सकेन : अर्थमन्त्री महत

सामाजिक  सुरक्षा तथा ऋणको दायित्व बढेका कारण पनि पुँजीगत बजेट प्रभावित भएको अर्थमन्त्रीले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्चको दायित्व धेरै हुँदा पुँजीगत बजेट घटेको बताएका छन्। 

images
images
images

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले ऋणको दायित्व बढेको र जुन तिर्नैपर्ने भएकाले बजेट बढेको बताएका हुन्। 

आगामी वर्षका लागि चालु वर्षको तुलनामा ७६ प्रतिशतले ऋणको साँवा ब्याज भुक्तानीका लागि बजेट बढेको छ। आगामी वर्षका लागि सरकारले यसमा ३ खर्ब ३० अर्ब विनियोजन गरेको छ। 

त्यस्तै सामाजिक सक्षाका लागि पनि २ खर्ब बढी विनियोजन भएको छ। 

images

'सामाजिक  सुरक्षा तथा ऋणको दायित्व बढेको छ, यसले गर्दा पनि पुँजीगत बजेट प्रभावित भएको छ', उनले भने।


प्रकाशित : मंगलबार, जेठ १६ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend