काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र नागढुंगा सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उक्त आयोजनाका लागि ५ अर्ब १३ करोड रूपैयाँ विनियोजन भएको बताएका छन्।