बिहीबार , असोज ३ गते २०८१    
images
images

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिइने 

images
सोमबार, जेठ १५ २०८०
images
images
विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिइने 
images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

images
images
images

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए। प्रारम्भिक बालविकास केन्द्रको नक्सांकन गरी पुन:वितरण गरिने उनले घोषणा गरेका छन्।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ। बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने अर्थमन्त्रीले बताएका छन्। 

हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्रीले बताए। उनका अनुसार मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने छ। 

images


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend