आइतबार, जेठ ६ गते २०८१    
images
images

करिब दुई करोड पर्ने रक्तचन्दनको तेल अवैध कारोबार, ८ जना पक्राउ

images
सोमबार, जेठ १५ २०८०
images
images
करिब दुई करोड पर्ने रक्तचन्दनको तेल अवैध कारोबार, ८ जना पक्राउ

रक्तचन्दनको तेल प्रतिलिटर २ लाख ५० हजारका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो।

images
images
काठमाडौं- प्रहरीले झन्डै दुई करोड रूपैयाँ पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज कारबाहीका लागि डिभिजन वनलाई बुझाइएको छ।
 
काठमाडौं-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर २ लाख ५० हजारका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो।
 
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
 
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाडौंको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१५ घर भई कलङ्की बस्ने ज्ञानबहादुर ओली रहेका छन्।
 
यस्तै रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल पक्राउ परेका छन्। धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।


प्रकाशित : सोमबार, जेठ १५ २०८००४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend