शुक्रबार, चैत १६ गते २०८०    
images
images

८ महिनामा जम्मा १ सय ४ किलोमिटर नयाँ सडक निर्माण 

images
images
८ महिनामा जम्मा १ सय ४ किलोमिटर नयाँ सडक निर्माण 

चालु आवको ८ महिनामा देशभर ७५ वटा सडक पुल निर्माण भएका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर १ सय ४ किलोमिटरमात्र नयाँ सडक निर्माण भएको छ। सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आवको ८ महिनामा १ सय ४ किलोमिटरमात्र नयाँ सडक बनेको हो। 

images
images
images

यो अवधिमा ३ सय १६ किलोमिटर सडक ग्रावेल र २ सय ४८ किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नति भएइको छ। साथै ८ हजार २ सय ५४ किलोमिटर सडक नियमित तथा पटके मर्मत भएको र २ सय ७८ किलोमिटर सडक आवधिक मर्मत भएको सर्वेक्षणमा उल्लेख छ। 

images

चालु आवको ८ महिनामा देशभर ७५ वटा सडक पुल निर्माण भएका छन्। 

images
images

२०७९ फागुनसम्ममा देशभर १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ६५ किलोमिटर ग्रावेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक गरि हालसम्म संघीय सरकारबाट निर्माण भएका सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको छ। २०७९ असारसम्ममा संघीय सरकारले बनाएको कुल सडकको लम्बाई ३३ हजार ९ सय ९६ किलोमिटर थियो। 

आर्थिक वर्ष २०७८/७९ मा २ सय ८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। सो अवधिमा ३ सय ३५ किलोमिटर सडक ग्रावेलमा स्तरोन्नति भएको र ६ सय ८१ किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नति भएको थियो।

सो अवधिमा ७ हजार ८ सय किलोमिटर सडक नियमित र पटके मर्मत भएको थियो भने २ सय ५० किलोमिटर सडकको आवधिक मर्मत गरिएको थियो। सो आवमा २ सय ८२ वटा पुल निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।  

images

प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:०५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ