आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

राजस्व अनुगमन गर्न काठमाडौं महानगरका वडालाई पत्र

images
बिहीबार , जेठ ११ २०८०
images
राजस्व अनुगमन गर्न काठमाडौं महानगरका वडालाई पत्र

वडा क्षेत्रभित्र सम्पत्ति कर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नविकरण भए/नभएको अनुगमन गर्न पत्र पठाइएको हो।

images
images

काठमाडौं-  काठमाडौं महानगरपालिकाको राजस्व विभागले वडा स्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई पत्र पठाएको छ। विभागले बुधबार महानगरभित्रका वडाहरुलाई पत्र पठाएको हो।

images
images
images

वडा क्षेत्रभित्र सम्पत्ति कर र बहाल कर बुझाए/नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्नका लागि अनुगमन गर्न पत्रमा भनिएको छ। अनुगमन क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ। 

images
images

ज्येष्ठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो। अनुगमनमा जनप्रतिनिधि र कर्मचारी छन्। अनुगमन टोलीको छनौट वडा अध्यक्षले गर्नेछन्। तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ।

images
images

यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइनेछ। यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ। वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिने विभागले जनाएको छ। यसबापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ।

यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइने विभागले जनाएको छ। विभागका अनुसार अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ। अनुगमन टोलीमा दैनिक ८ घण्टा काम गर्नेछन् । 


प्रकाशित : बिहीबार , जेठ ११ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend