सोमबार, मंसिर १० गते २०८१    
images
images
नेपाल-बंगलादेश ऊर्जा वार्ता

नेपालको बिजुली बंगलादेश लैजान छलफल तीव्र, २०४० सम्म ९ हजार मेगावाट लैजाने

६८३ मेगावाट क्षमताको सुनकोशी-३ को लगानी अगाडि बढ्ने 

images
बुधबार, जेठ ३ २०८०
images
images
नेपालको बिजुली बंगलादेश लैजान छलफल तीव्र, २०४० सम्म ९ हजार मेगावाट लैजाने

पहिलाे चरणमा यसैवर्ष ५० मेगावाट बिजुली लैजाने गरी प्रक्रिया अगाडि बढ्ने छ। यता बंगादेशले पहिलो चरणमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजनासहित २४ सय मेगावाट बिजुली उत्पादनकाे लक्ष्य राखेकाे छ।

images
images

काठमाडौं- नेपालको बिजुली निर्यातको ढोका भारतपछि बंगलादेश खुल्ने भएको छ। जसका लागि नेपाल र बंगालादेशबीचको छलफलले तीव्रता पाएको छ। 

images
images
images

चरम ऊर्जा संकट भोगिरहेको बंगालदेशले नेपालबाट विद्युत खरिदका लागि अन्तिम चरणको छलफललाई तीव्र पारेको छ। बंगलादेशलाई सन् २०४१ सम्म ५० हजार मेगावाट बिजुली आवश्यक पर्ने भएकोले पनि नेपालका आयोजना निर्माण गरेर बिजुली लैजाने अभियानमा रहेको छ। नेपालबाट २०४० सम्म ९ हजार मेगावाट बिजुली लैजानेगरी बंगलादेशले प्रक्रिया अगाडि बढाएको छ।  

images

बंगादेशले पहिलो चरणमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणसँगै बिजुली खरिद यसै वर्षदेखि सुरु गर्ने तयारीसमेत गरेको छ। जसको लागि भारतको बाटो बिजुली जाने भएकोले भारतलाई सहमतिमा ल्याउन बंगलादेश सरकार लागेको छ। जुन नेपालको लागि फाइदाजनक विषय भएको विज्ञहरुले बताउँदै आएका छन्। 

images

सुनकोशी तेस्रो जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्नेगरी काम अगाडि बढेको छ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ।

परियोजना अगाडि बढाउने र विद्युत व्यापारबारे छलफल गर्न सचिवस्तरीय बैठक भएको छ। नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी) को पाँचौँ बैठकको क्रममा सोमबार भएको सहसचिवस्तरीय संयुक्त प्राविधिक समितिको बैठकमा बंगलादेशले निर्माणका लागि सहमति गरेको सुनकोशी तेस्रोका प्राविधिक तथा वातावरणीय पक्षबारे छलफल भएको छ। त्यसैगरी बैठकमा नेपालबाट बंगलादेश विक्रीका लागि प्रस्ताव गरिएको ५० मेगावाटको बिजुली व्यापारबारे पनि छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए। 

छलफलमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र बंगलादशको ऊर्जा मन्त्रालयका सहसचिव डा. स्येद मासुम अहमद चौधरीले नेतृत्व गरेका थिए। नेपाल विद्युत प्राधिकरणले आगामी बर्षामा लिखु-४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ तर बंगलादेशसँग प्रत्यक्ष प्रसारणलाइन नभएकोले भारतको प्रसारणलाइन उपयोग गरेर बंगलादेश लैजानुपर्छ। 

बैठकमा विद्युत् व्यापारका लागि नेपाल-भारत-बंगलादेशको छुट्टै त्रिपक्षीय संयन्त्र बनाउनबारे पनि छलफल भएको छ। 

मंगलबार बसेको सचिवस्तरीय संयुक्त कार्यकारिणीय समिति (जेएससी) को बैठकमा सुनकोशी तेस्रो निर्माणका साथै दुई देशबीचको विद्युत व्यापार, संयन्त्र निर्माण लगायतबारे निर्णय भएको छ। बैठकको नेतृत्वमा नेपालको तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरे र बंगलादेशको तर्फबाट ऊर्जा सचिव हाबिबुर रहमानले गरेका छन्। 

नेपालको बिजुली बंगलादेश पुर्‍याउन भारतलाई फकाउँदै

गत पुसमा बंगलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको थियो। ऊर्जाको बढ्दो माग तथा संकट समाधानका लागि बंगलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग आग्रह गर्दै आएको छ। यसअघि गत सेप्टेम्बरमा पनि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गरेका थिए। 

बंगलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ। बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ। 

बंगलादेशले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गर्दै आएको छ। यस्तै भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको  पाँच सय मेगावाट बिजुली लैजाने प्रतिवद्धता समेत जनाइसकेको छ। 

गत भदौ नौ गते सम्पन्न नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्काल नै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो। 

नेपाल र बंगलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक छ। बंगलादेशले प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाट बराबरको बिजुली लैजान सकिने बताएको थियो। बंगलादेशको भेरामारामा अवस्थित हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट त्यहाँ प्रारम्भिक चरणमा बिजुली निर्यातको मार्ग खोल्ने तयारी गरेको छ। 

विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी हुन आवश्यक छ। प्राधिकरण र बंगलादेशको बोर्डले भारतीय पक्षलाई अनुरोध गर्ने सहमतिसमेत भएको थियो। 

२४ सय मेगावाटको आयोजना निर्माणमा बंगलादेशको चासो

बंगलादेश सरकारले बंगालादेशकै निजी क्षेत्रसँग सहकार्य गरेर सुनकोसी तेस्रो मात्रै नभएर दोलखा र रामेछापमा पहिचान भएका १ हजार ७ सय २० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत चासो दिएको छ। बंगलादेशले २ हजार ४ सय ३ मेगावाट बिजुली उत्पादनमा चासो दिएको छ। 

पहिलो चरणमा ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो र दोस्रो चरणमा १७२० मेगावाट क्षमताको खिम्ती शिवालय जलाशययुक्त अयोजनामा समेत चासो दिएको छ। 


प्रकाशित : बुधबार, जेठ ३ २०८००२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend