बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

म्याद गुज्रिएका बियरको देशैभर बिगबिगी, किन बडवाइजरमा सबैभन्दा बढी समस्या देखियो?

images
शुक्रबार, वैशाख २९ २०८०
images
images
म्याद गुज्रिएका बियरको देशैभर बिगबिगी, किन बडवाइजरमा सबैभन्दा बढी समस्या देखियो?
images
images

काठमाडौं- हिमाल, पहाड र तराईका भित्रि भागदेखि सहरसम्म जताततै अहिले नाम चलेका दर्जन ब्रान्डका बियर बिक्री भइरहेको छ। खाद्यान्न पसलदेखि तारेहोटलमा बिक्री भइरहेको बियरको गुणस्तरमा प्रश्न खडा भएको छ। पाँचतारे होटलको पार्टीमा प्रयोग भएका बियरमा समेत उपभोगका लागि तोकिएको म्याद सकिन केही दिनमात्रै बाँकी रहेको पाउन सकिन्छ।

images
images
images

केहीदिन अगाडिमात्रै एभरेष्ट होटलमा एक व्यवसायीले दिएको पार्टीमा प्रयोग गरिएको बियरको उपभोग्य मिति सकिन २० दिनमात्रै बाँकी रहेको अवस्था थियो। अहिले उपत्यकाको अधिकांश रेष्टुराँमा बिक्री भइरहेको बियरको म्याद २० देखि एक महिना बाँकी रहेको अवस्थामा पाउन सकिन्छ। धेरै भिडभाड हुने ठाउँमा उपभोग्य मिति सकिएको बियर खुलेआम बिक्री भइरहेको छ। यसरी बिक्री भइरहेका बियरमा पनि सबैभन्दा बढी समस्या बडवाइजरमा देखिएको छ।

images

उपत्यकाबाहिरको सहरी क्षेत्रका रेष्टुराँहरूमा नै म्याद ग्रुजिएको बडवाइजर बियर बिक्री भइरहेको छ। बियर उत्पादन कम्पनीहरूले समेत बजारमा उत्पादनअनुसार बियरको खपत नहुँदा केही समस्या देखिएको बताइरहेका छन्। बडवाइजर बियर उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सशिन जोशीले बियरको खपत कम हुँदा उपभोग्य मिति सकिन लागेको बियर बजारमा देखिन थालेको बताउँछन्।

images
images

बडवाइजरमा मात्रै नभइ सबैमा समस्या देखिएको उनको भनाइ छ। उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म पुग्ने बियरको कतिपय अवस्थामा म्याद ग्रुजिएको हुनसक्ने उनले स्वीकारे। तर उद्योगले उपभोग्य मिति सकिएको बियर बिक्री नगर्न सचेत गराएको उनको भनाइ छ। 

images
images

‘सबै बियर उत्पादन कम्पनीले विगतका वर्षहरूमा जस्तैगरी समरका लागि बियर उत्पादन गरेका थियौँ,’ उनले भने, ‘तर विगतको वर्षहरूको तुलनामा बियर बिक्री सिजनमै ३५ प्रतिशतसम्म घटेका कारणसमेत केही समस्या आएको हो।’

बडवाइजरमा किन समस्या?

बियर खपत कम हुँदा सबैभन्दा ठूलो मारमा बडवाइजर परेको छ। अन्य बियर उत्पादन कम्पनीले बियरको उपभोग्य मिति ९ महिना राख्दै आए पनि बडवाइजरले भने ताजा बियर खुवाउने भन्दै ६ महिनाको म्याद राखेर उत्पादन बजारमा पठाएको थियो। 

उदाहरणका लागि पुस १ गते उत्पादन भएको बडवाइजर बियर जेठ ३० गते उपभोग्य मिति सकिन्छ। तर अन्यले भने ९ महिनाको समय राख्दा भदौ ३० गतेसम्म बियरको उपभोग्य मिति राखेर पठाउँदा अन्यलाई सहज भएको एक बियर उत्पादक कम्पनीका सञ्चालकले बताए। बजारमा अहिले बडवाइजरका मे ३० तारेखसम्मको उपभोग्य मिति भएको बियर बिक्री भइरहेको छ।

‘सुरुमा अन्य बियर कम्पनीको उत्पादनभन्दा आफ्नो बियर राम्रो र गुणस्तरको देखायन ६ महिनाको समय राख्दा अहिले उनीहरू समस्यामा बढी फसेका हुन्,’ उनले भने, ‘यसो भन्दै गर्दा अन्य कम्पनीको बियर उपभोग्य मितिमा समस्या नरहेको भने होइन। समस्या सबैमा छ। राज्यको कानूनी जटिलताका कारणले पनि समस्या उत्पन्न भएको हो।’ 

किन बजारमा उपभोग्य मिति सकिएको बियर बिक्री भइरहेको छ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही महिना अगाडि गरेको बजार अनुगमनका क्रममा बियरहरूले बदमासी गर्दै उपभोग्य मिति सकिएको बियर बिक्री भइरहेको विषय उजागर भएको थियो। कतिपय डिलरले त आफै उपभोग्य मिति समेत सच्याउँदै बियर बिक्री गर्ने गरेको फेला परेको थियो। त्यति मात्रै होइन पोखरामा वकिलहरूको पिकनिकमा लगेको बडवाइजर बियरको म्याद सकिएको फेला परेको थियो।

किन म्याद सकिएको बियर उपभोक्तासम्म पुग्छ?

एउटा सरकारी नीतिगत जटिल व्यवस्था र अर्को डिलरहरूको कमिसन लोभमा गुणस्तरहीन बियर बजारमा गइरहेका छन्। डिलरले कसरी बदमासी गर्छन् भने- उद्योगसँग सुरुमै कुनै पनि अवस्थामा बियर उद्योगमा फिर्ता नलैजाने गरी ५ प्रतिशतसम्म नगद कमिसन बुझ्छन्। डिलरले म्याद सकिएको बियर न त बजारबाट उठाउँछ न त आफ्नो गोदाममा भएका म्याद सकिएका बियर उद्योगमा नै पठाउँछ। उद्योगमा फिर्ता नपठाउनुको प्रमुख कारण पहिले नै उद्योगसँग लिएको कमिसन हो।

अर्को म्याद सकिएको बियर नष्ट गरेर अन्त:शुल्क रकम फिर्तामा सहजता नहुनु नै हो। म्याद सकिएको बियर नष्ट गर्दा व्यवसायीले अन्त:शुल्क स्टिकर वापतको रकम फिर्ता पाउँछन्। तर अन्य लागत भने खेर जान्छ।

अन्त:शुल्क फिर्ता लिनका लागि पनि उद्योगले नै बियर आन्तरिक राजस्वका प्रतिनिधिको रोहबरमा नष्ट गरेर अन्त:शुल्क दाबी गर्नु पर्छ। तर डिलर लगायतका अन्य संरचनाले अन्त:शुल्क फिर्ताका लागि दाबी गर्न पाउँदैनन्। व्यवसायीले पनि डिलरहरूलाई उद्योगबाट उत्पादन भएर बजारमा गएको बियर फेरि उद्योगकै फिर्ता नगर्ने वातावरण बनाएका हुन्छ। एक बियर उत्पादन कम्पनीका काम गर्ने कर्मचारीका अनुसार बियर उत्यादन गर्ने उद्योगले डिलरलाई बियर दिँदा बजारबाट बियर फिर्ता गर्न नपाउने गरी केही प्रतिशत कमिसन दिएका हुन्छन्।

ती कर्मचारीका अनुसार डिलरलाई उद्योगले दुईदेखि तीन प्रतिशत कमिसन एडभान्स दिएर बियर बजारमा पठाउँछन्। कमिसनसँगै उद्योगको सर्त हुन्छ, बियर जसरी भएपनि बिक्री हुनु पर्छ र उद्योगले म्याद सकिए पनि बियर फिर्ता लिँदैन। 

डिलरले पनि उद्योगीसँग एडभान्समा कमिसन लिएर बियर उठाउँछन्। उपभोग्य मिति सकिँदा पनि बियर बिक्री नभएको अवस्थामा डिलरले म्याद सकिएको बियर उद्योगमा फिर्ता गर्न पाउँदैन। जसका कारण डिलरले म्याद सकिएका बियर जसरी पनि बजारमा पठाउने ती कर्मचारीले बताए।

डिलरहरूले सबैभन्दा बढी बियर सहरी क्षेत्रको बढी भिडभाड हुने ठाउँमा तथा पार्टीहरूमा पठाउँछन् कि त पहाडतिर पठाउँछन्। भिडभाड तथा ठूला पार्टीमा कसैले पनि बियरको उत्पादन मिति र प्रयोग गर्न सकिने मिति हेर्दैनन्। यसरी कमिसनको लोभमा गुणस्तरहीन बियर बजारमा जाने गरेको छ। सहरी क्षेत्रकै गौदाममा म्याद सकिएका बियर छन् भने पहाडी क्षेत्रमा कति होलान्? एक डिलरले भने, 'पहाडी क्षेत्रमा त बियरको पनि उपभोग गरिसक्नु पर्ने मिति हुन्छ र? भनेर प्रश्न गर्ने ग्राहक भएका कारण डिलरहरूले गुणस्तरहीन बियर बिक्री गरिरहेका छन्।'

कसरी पाउँछन् अन्त:शुल्क फिर्ता?

उद्योगबाट उत्पादन भएपछि ब्रिक्री नभइ म्याद सकिएका बियर नष्ट गराउँदै उद्योगले अन्त:शुल्क फिर्ता लिन पाउने आन्तरिक राजस्व विभागको भनाइ छ।

अन्त:शुल्क फिर्ताका लागि म्याद सकिएको ३० दिनभित्र उद्योगले दाबी गर्दै सम्बन्धित कर कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। निवेदनपछि कार्यालयको सिनियर कर अधिकृतको नेतृत्वमा जिल्ला प्रशासनका प्रतिनिधि, अन्त:शुल्क अधिकृत, करदाताका प्रतिनिधि र उद्योग वाणिज्यको प्रतिनिधिसहितको पाँच सदस्यीय समिति गठन हुन्छ।

समितिले बियरको म्याद सकिएको हो भने मुचुल्का नै गर्नुपर्छ। समितिले कति मूल्यको तथा कति परिमाण हो भनेर मुचुल्का उठाएपछि परिमाणका आधारमा अन्त:शुल्क फिर्ता पाउँछन्। एक लाख रुपैयाँसम्म अन्त:शुल्क कार्यालयबाट नै फिर्ता हुने र एक लाखभन्दा माथिको हकमा आन्तरिक राजस्व विभागबाट हुन्छ। तर, ३० दिन नाघिसकेपछि भने अन्त:शुल्क फिर्ताका लागि निवेदन दिन पाइँदैन। अहिले बियरको अन्त:शुल्क प्रतिलिटर २२५ रुपैयाँ रहेको छ।

पहिले 'तत्काल' भन्ने शब्द राखिएको थियो र पछि व्यवसायीले नै 'एक महिना भए पुग्छ' भनेर नै एक महिना राखिएको विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। कानूनसम्मत रुपमा आएकाका हकमा विभागले काम गर्ने उनको भनाइ छ।

images

प्रकाशित : शुक्रबार, वैशाख २९ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend