शनिबार, वैशाख २२ गते २०८१    
images
images

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज आउँदै : दबाबबीच नीतिमा हेरफेर नगर्ने पक्षमा राष्ट्र बैंक

images
images
images
मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज आउँदै : दबाबबीच नीतिमा हेरफेर नगर्ने पक्षमा राष्ट्र बैंक
images
images

काठमाडौं-  अर्थतन्त्र केही सुधारोन्मुख भएका बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा शुक्रबार (आज) सार्वजनिक गर्दैछ। नीतिगत दरमा खासै ठूलो परिवर्तन नगर्ने गरी समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भएको अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर बलियो हुँदै आएको छ। 

images
images
images

९ महिनाको तथ्यांकअनुसार बाह्य क्षेत्रको अवस्था झन् बलियो हुँदै गएको देखिन्छ। सोही कारण पनि राष्ट्र बैंक अहिले नै सबै खोल्ने पक्षमा छैन। अझै दबाब बढ्न सक्ने भन्दै बैंकर्सहरूले पनि साउनयता जोखिम नसकिएको सुझाव राष्ट्र बैंकलाई दिएका छन्।

images

मौद्रिक समीक्षाको पूर्वसन्ध्यामा बिहीबार वाणिज्य बैंकका सीईओहरूको छलफलमा समेत समस्या टरिनसकेकोले धेरै उत्साही नहुन सुझाव दिइएका छन्। एक बैंकरका अहिले अवस्था अनुसार सुधार भए पनि जोखिम नसकिएकोले सतर्क रहन एकस्वरमा सुझाव दिइएको हो। नेपाल बैंकर्स संघले जेठमा ब्याजदर समेत स्थिर राख्ने निर्णय गरिसकेको छ। 

images

राष्ट्र बैंकको गुनासो सुनुवाई ग्राहक संरक्षण महाशाखाद्वारा आयोजित सम्पूर्ण वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँगको छलफल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षामा खासै बोलेनन्। तर उनले सर्वसाधारण ग्राहकहरूबाट कम गुनासो आउने गरी काम गर्नुपर्ने बताए। उक्त कार्यक्रममा बैंकर्सहरूले धेरै दबाबमा परेर नीतिहरू हेरफेर नगर्न सुझाव दिएका छन्। 

images
images

घर जग्गा र सेयरमा जाने ऋण खुकुलो बनाउन दबाब

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाटै घरजग्गा तथा सेयर बजारमा जाने कर्जालाई खुकुलो बनाउनका लागि अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्र बैंकमाथि दबाब बढाएका छन्।

अधिक कर्जा प्रवाहलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले घर जग्गा तथा सेयर बजारमा जाने ऋणको जोखिमभार बढाइदिएको थियो। जोखिमभारसँगै कारोबार निरुत्साहित गर्नका लागि अन्य नीतिगत व्यवस्था गरेको थियो। 

कोरोना महामारीमा अन्य आर्थिक गतिविधि ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजार र घरजग्गा कर्जा अत्यधिक कर्जा प्रवाह गरेका थिए। तर राष्ट्र बैंकले एकातिर कर्जामा कडाइ गरिदियो भने अर्कातिर सरकारले जग्गाको कित्ताकाट रोकिदियो। यही कारणले पछिल्लो दुई वर्षदेखि मन्दीको अवस्था छ। 

सेयर बजार र घरजग्गामा कारोबार ठप्प छ। ३ हजार बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर १८ सय बिन्दुमा झरेको छ। सेयर बजार उच्च अंकमा पुग्दा केही ठूला लगानीकर्ताले किन्ने र बिक्री गर्ने गरेर विलासिताका सामानमा ठूलो रकम खर्च गरे। उता घरजग्गाका कारोबारी पनि विलासिता अपनाउन थाले। जसका कारण डलर सञ्चितिमा दबाब पुग्यो।

राष्ट्र बैंकले आयात नै प्रतिबन्ध लगाउनुपर्नेसम्मको अवस्था आयो, जसको असर अहिले राजस्वमा परेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा भएको लगानीमा कडाइको नीति लियो। घरजग्गामा १५० प्रतिशतसम्म जोखिम भार पुर्‍याइएको थियो। राष्ट्र बैंकले घर खरिदमा एक करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियलस्टेटमा गणना गर्ने नीतिमा पुनरावलोकन गराउन पनि दबाब दिएको छ।

ऋण सहजताका लागि भार १०० मा झार्न अहिले फेरि दबाब दिइएको छ। राष्ट्र बैंक स्रोतका अनुसार घरजग्गा र सेयर बजार दुवैमा केही खुकुलो नीतिका लागि अर्थमन्त्री डा.रामशहरण महतले दबाब दिइरहेका छन्। तर राष्ट्र बैंक दुवै क्षेत्रलाई तत्काल छाड्ने पक्षमा छैन। विगतमा पनि यही क्षेत्रबाट समस्या सुरु भएको राष्ट्र बैंकको बुझाइ छ।

बैंकहरूसँग पुँजी कम हुँदै गएका कारण सेयर धितो ऋणको जोखिम भारित सम्पत्तिलाई कम गर्ने गरी अर्थ मन्त्रालय र राजनीतिक नेतृत्वले राष्ट्र बैंकलाई दबाब दिँदै आएका छन्। अहिले १५० प्रतिशत रहेको जोखिम भारित सम्पत्तिलाई १०० प्रतिशतमा झार्नका लागि राष्ट्र बैंकमाथि दबाब बढाइएको हो।

बाह्य क्षेत्रको सुधार सकारात्मक

राष्ट्र बैंकका अनुसार चालु वर्षको ९ महिनासम्म शोधनान्तर १ खर्ब ८० अर्बले बचतमा रहेको छ। गत वर्षको यही अवधिमा २ खर्ब ६८ अर्बले घाटामा रहेको थियो। पछिल्लो समय भुक्तानी सन्तुलन नकारात्मक हुँदै गएपछि राष्ट्र बैंक तथा सरकारले लिएका नियन्त्रणकारी कदमले गर्दा अहिले बचतमा पुगेको छ। आयात संकुचित भएको तथा रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन सकारात्मक भएको हो।

त्यस्तै चालु खाता घाटा पनि नियन्त्रणमा रहेको छ। गत वर्ष नियन्त्रणभन्दा बाहि पुगेको चालु खाता घाटा यो वर्ष ५१ अर्बमा सीमित भएको छ। गत  वर्ष चालु खाता नै ५ खर्ब १० अर्बले घाटामा थियो। 

त्यस्तै यो अवधिमा रेमिट्यान्स २४ प्रतिशतले बढेको छ। चालु वर्षको नौ महिनासम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। गत वर्षको यही अवधिमा ०।२ प्रतिशतले घटेको थियो। 

विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार भएको रेमिट्यान्स तथा बढेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। 

राष्ट्र बैंकका अनुसार चैतसम्म नेपालसँग १० अर्ब ९४ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। यो गएका १८ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो। उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ। 

यो सञ्चितिले ११ महिनाको वस्तु तथा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 

images

प्रकाशित : बिहीबार , वैशाख २८ २०८००१:२३

प्रतिक्रिया दिनुहोस