शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

कांग्रेस नेताहरूसँग गृहमन्त्री श्रेष्ठले भने - नक्कली शरणार्थी प्रकरणका सबैलाई कारबाही हुन्छ

'भ्रष्टाचार नियन्त्रणमा पूर्वाग्रह नराखी काम गर्छु'

images
images
images
कांग्रेस नेताहरूसँग गृहमन्त्री श्रेष्ठले भने - नक्कली शरणार्थी प्रकरणका सबैलाई कारबाही हुन्छ
फाइल तस्बिर

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे। 

images
images
काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताएका छन्।
 
बुधबार गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताए। 
 
नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उनले स्पष्ट पारे।   
 
कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत बुधबार अपराह्न गृह मन्त्रालय पुगेका थिए। 

images

प्रकाशित : बुधबार, वैशाख २७ २०८०११:२३

प्रतिक्रिया दिनुहोस