बिहीबार , वैशाख १३ गते २०८१    
images
images

दुबईमा बिहे गर्न नेपालीले करोडौँ रकम लैजाँदासमेत राष्ट्र बैंकले आँखा चिम्लियाे : सांसद बजगाईं

images
images
images
दुबईमा बिहे गर्न नेपालीले करोडौँ रकम लैजाँदासमेत राष्ट्र बैंकले आँखा चिम्लियाे : सांसद बजगाईं
images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालबाट विदेश भ्रमणमा जाँदा १५ सय अमेरिकन डलरभन्दा बढी बोक्न नपाइने तर दुबईमा करोडौँ रूपैयाँ लगेर बिहे भोज चल्दा राष्ट्र बैंकले आँखा चिम्लने काम गरेको आरोप लगाएका छन्। 

images
images
images

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छादेखि व्यवसायी पवन गोल्यानले पनि छोराछोरीको बिहे दुबईमा गराएका थिए। जसका लागि सयौँ व्यापारीहरु दुबई गएका थिए। ‘अहिले दुबईमा कसरी बिहे भएको छ, कसरी पार्टी गरिएको छ, राष्ट्र बैंकले किन आँखा चिम्लेको हो,’ बजगाईंले भने।

images

अहिले अर्बौं रुपैयाँको खेलमा नयाँ स्टक लाइसेन्स दिन लागिएको विषयमा समेत उनले आपत्ति जनाएका छन्।

images

नेप्सेले काम गरिहेको र नेप्सेलाई सुधार गर्दै लैजानुपर्नेमा अर्बौंको खेलमा नयाँ स्टकको लाइसेन्स दिन लागिएको सांसद बजगाईंले बताए।

images
images

सांसद बजगाईंले भ्रष्ट्राचारीको कुनै पार्टी र रंग नहुने भन्दै भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको  काम सह्रानीय रहेकोसमेत बताए। 

images

प्रकाशित : बुधबार, वैशाख २७ २०८००८:३९

प्रतिक्रिया दिनुहोस