बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ अर्बको मूर्ति राष्ट्रपतिमार्फत अनावरण हुँदै

images
आइतबार, कात्तिक १४ २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ अर्बको  मूर्ति राष्ट्रपतिमार्फत अनावरण हुँदै

साढे दुई अर्ब रुपैयाँको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति अनावरण गर्न लागिएको हो। म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपले बनाएको मूर्ति विमानस्थलमा अनावरण गर्न लागिएको हो।

images
images

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई अर्ब रुपैयाँमा आयात गरिएको बुद्धको मूर्ति अनावरण हुने भएको छ। मूर्ति अनावरण राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

images
images

साढे दुई अर्ब रुपैयाँको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति अनावरण गर्न लागिएको हो। म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपले बनाएको मूर्ति विमानस्थलमा अनावरण गर्न लागिएको हो।

images
images

बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको थियो। मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

images
images


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend