शनिबार, वैशाख ८ गते २०८१    
images
images

हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

images
images
हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

सगरमाथाबाट मात्रै ६५ करोड पाँच लाख रूपैयाँ राजस्व जम्मा भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट दुई करोड ८३ लाख र मकालु हिमालबाट एक करोड ३६ लाख रूपैयाँ संकलन भएको छ।

images
images

काठमाडौं- वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउँछन्। सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ।

images
images
images

यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन्। विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड ६ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

images

सगरमाथाबाट मात्रै ६५ करोड पाँच लाख रूपैयाँ राजस्व जम्मा भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट दुई करोड ८३ लाख र मकालु हिमालबाट एक करोड ३६ लाख रूपैयाँ संकलन भएको छ। पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको संख्या बढेसँगै राजस्व संकलन पनि बढेको बताए। नेपालमा आठ  हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन्।

images

सगरमाथा आरोहण गर्न ४ सय ६७ आरोहीले लिए अनुमति

images
images

पर्यटन विभागको विवरणमा यही बैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन्। यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन्।

सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ। यही बैशाख १० गते नै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्‍याउन कठिन भइरहेको छ। उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन्।

सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म यही बैशाख १० गते नै बाटो खुलिसकेको थियो। वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एकसय २६ आरोही समूहका दुईसय ५४ महिला र आठसय ६९ पुरुष गरी कुल एक हजार एकसय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ। रासस

images

प्रकाशित : मंगलबार, वैशाख २६ २०८००९:५४

प्रतिक्रिया दिनुहोस