शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

रसियन एमआई १७ हेलिकप्टर नेपाल ल्याउन राजनीतिक दबाब, नदिने अडानमा प्राधिकरणका महानिर्देशक अधिकारी

images
images
रसियन एमआई १७ हेलिकप्टर नेपाल ल्याउन राजनीतिक दबाब, नदिने अडानमा प्राधिकरणका महानिर्देशक अधिकारी

हेली नेपाल कम्पनी उपेन्द्र महतोको संलग्नता रहेको छ। उनै महतोले अहिले हेलिकप्टर ल्याउनका लागि पहल गरिरहेका छन्। उच्च राजनीतिक नेतृत्वसँग पहुँच भएको र जसरी पनि ल्याइछाड्ने भन्दै हेली नेपालका लगानीकर्ताहरू हिडिरहेका छन्। 

images
images

काठमाडौं- प्रभावशाली व्यवसायी उपेन्द्र महतोले नेपालमा रसियन हेलिकप्टर ल्याउन दौडधुप बढाएका छन्। 

images
images
images

हेली नेपाल नामको कम्पनी बनाएर २ वर्षअघि नै २९ वर्ष पुराना ३ वटा एमआई १७ हेलिकप्टर ल्याउने प्रयास असफल भएफछि फेरि महतोसहितका व्यवसायीहरू फेरि जागरुक भएका छन्। 

images

२ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले नियममा उल्लेखितभन्दा पूराना भएको भन्दै फिर्ता गरिदिएको थियो। तर अहिले फेरि उक्त कम्पनीले एमआई १७ हेलिकप्टर ल्याउनका लागि दबाब अघि बढाएको छ। 

images

हेलि नेपालले रसियन एमआई १७ हेलिकोप्टर ल्याउने बाटो खुला गरिदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई राजनीतिक दबाब दिइरहेको छ। 

images
images

प्राधिकरणलाई दबाब दिएपनि प्राधिकरण भने तत्काल एमआई १७ हेलिकप्टर ल्याउन दिने पक्षमा छैन। युरोपियन युनियनको कालोसूचीबाट निक्लिनका लागि कसरत गरिरहेको नेपालमा अहिले रसियन हेलिकप्टर ल्याउँ झन समस्या बल्झिने प्राधिकरणको बुझाइ छ। 

‘अहिलेको अवस्थामा नेपालले रसियाबाट रसियान एमआई १७ हेलिकोप्टर ल्याएको युरोप तथ अमेरिकाले नेपाललाई थप अप्ठरोमा पार्न सक्छन्। इयूको कालोसूची पनि कहिले हटने छैन्’ प्राधिकरण निकट स्रोतले भन्यो, ‘फेडरल एभिएसन एडमिनिष्ट्रेस्न र ईयासाले एसभिएसन सेफ्टी प्रमाणित भएको जहाजमात्र ल्याउन पाइन्छ। जुन यो एमआई १७ को पछिल्लो पटक भइरहेको छैन।’ 

उच्च राजनीतिक तहबाटै प्राधिकरणलाई एमआई १७ हेलिकप्टर ल्याउन दिनका लागि दबाब आइरहेको छ। राजनीतिक दबाब आए पनि दिन नसकिने पक्षमा प्राधिकरण पुगेको छ। 

हेली नेपाल कम्पनी उपेन्द्र महोतोको संलग्नता रहेको छ। उनै महतोले अहिले हेलिकप्टर ल्याउनका लागि पहल गरिरहेका छन्। उच्च राजनीतिक नेतृत्वसँग पहुँच भएको र जसरी पनि ल्याइछाड्ने भन्दै हेली नेपालका लगानीकर्ताहरू हिडिरहेका छन्। 

हेली नेपालमा देखिने र मुख्य लगानीकर्ता भने क्याप्टेन अमिर प्रधान रहेका छन्। प्रधान र महतोले दुई वर्षअघि नै ३ वटा हेलिकप्टर ल्याउन खोजेका थिए। अमिर प्रधान पनि २९ वर्ष  बसेर नेपाल फर्किएका थिए। 

२ वर्ष अगाडि नै जहाज भित्र्याउने खेल असफल भएपछि पुन: सक्रिय

रसियन एमआई १७ जहाज नेपाल भित्र्याउन यो ग्रुप २ वर्ष अगाडि नै सक्रिया भएको थियो। यो ग्रुपले जहाज नेपालमै दर्ता गराउने रणनीतिसँगै २०७७ पुसमै २ वटा २९ वर्षे पुराना रसियन एमआई १७ जहाज काठमाडौं विमानस्थलमा अवतरण गराएका थिए। 

किर्गिस्तानमा दर्ता भएका दुई एमआई १७ हेलिकोप्टर विमानस्थलमा २०७७ पुस १५ मा अवतरण भएका थिए। उनीहरुले राजनीति दबाबमा जहाज नेपालमै दर्ता गर्न लागि परेका थिए। महतो र प्रधानको प्रयास सफल भएको थिएन। सुरुमा हेलिकोप्टर ट्रान्जिटका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग अनुमति मागिएको थियो। तर उनीहरुले जहाज लामो समयसम्म विमानस्थलमै राखेर नेपालमै दर्ता गराउने चलखेल गरेका थिए। सफल नभएपछि जहाज किर्गिस्ता नै फर्किएको थियो। फेरि त्यही हेलिकोप्टर नेपाल ल्याउन उनीहरु लागिपरेका छन्।

images

प्रकाशित : आइतबार, वैशाख २४ २०८००६:२१

प्रतिक्रिया दिनुहोस