काठमाडौं- संघीय संसद्मा दुई सचिव नियुक्त भएका छन्।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेका हुन्।
सचिवमा नियुक्त पाण्डेय र अर्यालको पद तथा गोपनियताको शपथ आइतबारका लागि तय भएको छ। दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए।