शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

मार्ग खुलेको २९ वर्षपछि कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
images
मार्ग खुलेको २९ वर्षपछि कालोपत्र
फाइल तस्बिर
images
images

म्याग्दी- बागलुङ-बेनी सडक कालोपत्र गर्ने कामले मार्ग खुलेको २९ वर्षपछि पूर्णता पाएको छ।  

images
images
images

बागलुङ-बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो। करिब १७ किलोमिटर दुरिको यो सडक वि.स. २०५२ मा मार्ग खुलेको थियो। बागलुङदेखि ११ वर्षअघि सडक कालोपत्र गर्न थालिएको थियो। 

images
images

बागलुङ देखि बेनीसम्मको सबै खण्डमा सडक कालोपत्र गर्ने कामले यसपाली पूर्णता पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका सबइन्जिनियर रविन चोखालले बेनी नगरपालिका-१ भुवानेदेखि हुलाके खण्ड कालोपत्र भएसँगै बागलुङ-बेनी सडक पक्की बनाउने योजनाले पूर्णता पाएको बताए।

images
images

बागलुङदेखि रत्नेचौरको भुवानेसम्म सडक डिभिजनले यसअघि नै कालोपत्र गरेको थियो। खबरा-बेनी एक किलोमिटर २०० मिटर सडक गत वर्ष कालोपत्र र ढलान गरेको थियो। सडकले पूर्वाधारलाई हस्तान्तरण गरेको भुवानेदेखि खबरा हुलाकेसम्मको तीन किलोमिटर आठसय मिटर सडकमा डिबिएसडी प्रविधिको पहिलो चरणको कालोपत्र सकिएको छ। दश दिनपछि दोस्रो कोड बिछ्याएपछि पिच सकिन्छ। 

यो सडक विस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले वि.स. २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। वि.स. २०७६ मा कोरोना महामारी सुरु भएपछि रोकिएको सडक निर्माणलाई वि.स. २०७७ असारको बाढी पहिरोले क्षति पुर्‍यायो। पहिरोले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भीओ) स्वीकृत भएपछि यसपाली कालोपत्र गरेको हो।

बागलुङ-बेनी अन्तरगत सडक कालोपत्र भएपछि आवत जावत सहज, यात्राअवधि छोटिएको र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ। पर्वत हुँदै म्याग्दी जोड्ने १३ किलोमिटर दुरिको मालढुंगा-बेनी सडक स्तरोन्नतिको क्रममा रहेकाले म्याग्दी, मुस्ताङ आवतजावत गर्ने धेरै सवारी साधन मालढुंगा-बागलुङ-बेनीको बैकल्पिक सडक प्रयोग गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend