बुधबार, कात्तिक १४ गते २०८१    
images
images

नेपाल श्रीलंकाजस्तै हुन्छ भनेर हल्ला फिँजाइयो, देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
images
images
नेपाल श्रीलंकाजस्तै हुन्छ भनेर हल्ला फिँजाइयो, देशको अर्थतन्त्र  सुदृढ छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन्।

images
images

कञ्चनपुर- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन्।

images
images
images

आज शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। उनले देश श्रीलंकाजस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए। भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए। जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो। 

images

उनले आरक्ष विस्थापितको समस्या वर्षौँदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए। उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए। चौधर नदी नियन्त्रणका लागि चालु आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उहाँले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए।

images

उनले पार्टी संगठन मजबुत रहेको उल्लेख गर्दै युवा पंक्तलाई भरोसा दिनुपर्ने बताए। भ्रातृ संगठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए। एजेण्डा र मुद्दा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८०१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend