आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

होटल रेष्टुरेन्टकै घट्न थाल्यो उत्पादन, माग खुम्चिँदा व्यापार पनि ऋणात्मक 

images
सोमबार, वैशाख १८ २०८०
images
होटल रेष्टुरेन्टकै घट्न थाल्यो उत्पादन, माग खुम्चिँदा व्यापार पनि ऋणात्मक 

खानी तथा उत्खनन् क्षेत्रको उत्पादन दोस्रो त्रैमासमा पहिलोको तुलनामा १८ प्रतिशतले घटेको छ। यो क्षेत्र पछिल्ला पाँच त्रैमासदेखि निरन्तर ऋणात्मक रहेको छ। यो वर्षको पहिलो त्रैमासमा उच्च दरले ऋणात्मक भएको थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा होटल रेष्टुरेन्ट तथा खाद्य सेवा क्षेत्रको गतिविधिमा सुस्तता आएको छ। 

images
images
images

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजको तुलनामा कात्तिकदेखि पुससम्म होटल रेष्टुरेन्ट तथा खाद्य सेवाको उत्पादन घटेको छ। पहिलो त्रैमासको तुलनामा दोस्रोमा पुग्दा ६.५७ प्रतिशतले उत्पादन ऋणात्मक भएको छ। जुन गत वर्षको अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा १५ प्रतिशतले बढेको थियो। 

images
images

त्यस्तै दोस्रो त्रैमासमा थोक तथा खुद्रा व्यापार पनि ऋणात्मक भएको छ। जुन गत वर्षको अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा  व्यापारको उत्पादन ०.०३ प्रतिशतले बढेको थियो। तर दोस्रो त्रैमासमा पुग्दा यो क्षेत्र ४ प्रतिशतले ऋणात्मक भएको छ।

images
images

त्रैमासिक रुपमा भने यो क्षेत्र ९.७ प्रतिशतले घटेको छ। चालु वर्षको दोस्रो त्रैमासमा व्यापार क्षेत्र निकै खुम्चिएको छ। खुद्रा तथा थोक व्यापारको हिस्सा जीडीपीमा १६ प्रतिशत रहेको छ। 

खानी तथा उत्खनन् क्षेत्रको उत्पादन दोस्रो त्रैमासमा पहिलोको तुलनामा १८ प्रतिशतले घटेको छ। यो क्षेत्र पछिल्ला पाँच त्रैमासदेखि निरन्तर ऋणात्मक रहेको छ। यो वर्षको पहिलो त्रैमासमा उच्च दरले ऋणात्मक भएको थियो। 

निर्माण क्षेत्र पनि पछिल्लो तीन त्रैमासदेखि ऋणात्मक देखिएको छ। कोरोना महामारीको सुरु भएपछिको पहिलो त्रैमासमा ऋणात्मक भएपछि एकैपटक पछिल्लो तीन त्रैमासदेखि यो क्षेत्र ऋणात्मक रहेको छ। 

यो वर्षको दोस्रो त्रैमासमा सुधार भएको एउटा क्षेत्र हो वित्तीय मध्यस्थता। गत वर्षको अन्तिम त्रैमासको तुलनामा चालु वर्षको पहिलो त्रैमासमा ऋणात्मक भएको यो क्षेत्र दोस्रो त्रैमासमा भने ४ प्रतिशतले बढेको छ। 

economy2.jpeg

त्रैमासिक वृद्धिदर ऋणात्मक 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ उत्पादनको त्रैमासिक प्रक्षेपणअनुसार चालु वर्षको दोस्रो त्रैमासमा गत वर्षको यही त्रैमासको तुलनामा १.१ प्रतिशतले ऋणात्मक भएको हो।

चालु वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र गत वर्षको पहिलो त्रैमासको तुलनामा १.१ प्रतिशतले वृद्धि भएको थियो। दोस्रो त्रैमासमा भने अर्थतन्त्र ऋणात्मक भएको हो।

गत वर्षको दोस्रो त्रैमासमा ३.२ प्रतिशतको वृद्धिदर रहेको थियो। गत वर्षदेखि नै अर्थतन्त्रमा दबाब देखिएको थियो। त्यसको असर यो वर्षमा समेत रहेको छ। कर्जा विस्तार अवरुद्ध भइरहेको छ भने माग घट्दा व्यापारमा समेत समस्या देखिएको छ। 

कुल गार्हस्थ उत्पादनमा धेरै योगदान गर्ने क्षेत्रहरू यो त्रैमासमा पनि ऋणात्मक भएका छन्। यसको असर समग्र उत्पादनमा देखिएको छ। ठूलो क्षेत्र कृषिको वृद्धिदर सकारात्मक हुँदा पनि समग्रमा ऋणात्मक भएको छ।

यसको मुख्य कारण खानी तथा उत्पादन, व्यापार तथा निर्माण क्षेत्रमा देखिएको निरन्तरको मन्दी रहेको छ। कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत रहेको छ। कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा २३.९५ प्रतिशत रहेको छ।

त्यस्तै उत्पादनमूलक क्षेत्रको वृद्धिदर पनि ऋणात्मक रहेको छ। ४.३ प्रतिशतले ऋणात्मक भएको छ। यातायात तथा भण्डारण पनि ५ प्रतिशतले ऋणात्मक छ। 

त्रैमासिक प्रक्षेपणअनुसार गत वर्षको सोही त्रैसमाको तुलनामा वृद्धिदर मापण गरिन्छ। तर यही वर्षको अवस्थाको मूल्यांकनमा भने केही क्षेत्रमा सुधार देखिएको छ। 


प्रकाशित : सोमबार, वैशाख १८ २०८०००:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend