शुक्रबार, जेठ ४ गते २०८१    
images
images

सोलुखुम्बुमा टेलिकमको अप्टिकल फाइबर सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
images
images
सोलुखुम्बुमा टेलिकमको अप्टिकल फाइबर सेवा

समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बुको पत्ताले रिपिटर स्टेशनलाई कात्तिक १० मा जीबीपीएस क्षमताको फाइबर लिंक जोडिएको हो।

images
images

काठमाडौं- नेपाल टेलिकमले सोलुखुम्बुमा अप्टिकल फाइबरमार्फत दूरसञ्चार सेवा उपलब्ध गराएको छ। टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने जनाएको छ। 

images
images
images

समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बुको पत्ताले रिपिटर स्टेशनलाई कात्तिक १० मा जीबीपीएस क्षमताको फाइबर लिंक जोडिएको हो।  

images

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन। नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमले जनाएको छ। 

images
images

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बुको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ। यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ। 

images
images

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब ग्राहकले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा टेलिकमले गरेको छ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend