शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माणको चरणमा प्रवेश गर्ने

images
शुक्रबार, वैशाख १५ २०८०
images
टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माणको चरणमा प्रवेश गर्ने

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको हो।

images
images
images

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ। चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको थियो। 

images
images

मन्त्री डा. महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताएका थिए।

images
images

भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन सक्ने जानकारी गराएका हुन्। चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे। 


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend