बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

रास्वपाका रवि र स्वर्णिमले लिए सांसदको शपथ

images
शुक्रबार, वैशाख १५ २०८०
images
images
रास्वपाका रवि र स्वर्णिमले लिए सांसदको शपथ
images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन‍्। उनीलाई प्रतिनिधिसभा कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

images
images

यही बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्। 

images
images

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो।

images
images

साथै चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन्। 


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend