आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

निक्षेप बढ्दा घरजग्गामा बैंकहरूले गरे २ खर्ब लगानी, ऋण पाउन थालेसँगै काराेबार बढ्दो

कुन बैंककाे कति ऋण प्रवाह? 

images
बिहीबार , वैशाख १४ २०८०
images
निक्षेप बढ्दा घरजग्गामा बैंकहरूले गरे २ खर्ब लगानी, ऋण पाउन थालेसँगै काराेबार बढ्दो
images
images

‍काठमाडौं- वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षकाे ८ महिनामा घरजग्गामा २ खर्ब ३ अर्ब लगानी गरेका छन्। घर जग्गामा पछिल्लाे समय बैंकहरुले पुन: लगानी बढाउन थालेका हुन्। यता सरकारले राेकिएकाे कित्ताकाट समेत खुकुलाे बनाउने निर्णय गरिसकेकाे छ। 

images
images
images

नेपाल राष्ट्रले घरजग्गामा कडाई गरेता पनि बैंकहरुले लगानी भने बढाइरहेका छन्।

images
images

गत वर्षको फागुनसम्म  बैंकहरुले १ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका थिए। तर यसपटक झन्डै ११ प्रतिशत घरजग्गामा लगानी बढाएका हुन।

images
images

बैंकहरूले घरजग्गामा लगानी बढाउँदा चैतमा घरजग्गा कारोबार बढेको छ। फागुनमा घरजग्गा कारोबार पनि बढ्दै गएकाे छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको छ। फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको थियो। 

बैंकहरुमा निक्षेप बढ्न थालेपछि पुन: बैकहरुले घरजग्गामा लगानी बढाएका हुन्। 

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको निक्षेप ५४ खर्ब ५२ अर्ब पुगेको छ भने वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ५ अर्ब पुगेको छ। कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब हुँदा वाणिज्य बैंकहरूले ४२ खर्ब ९५ अर्ब प्रवाह गरेका छन्। समग्र वित्तीय संस्थाहरूको सीडी रेसियो ८५.२० प्रतिशत मात्रै रहेको छ। 

१३ बैंकले बढाउँदा ७ वटाले घटाए 

पछिल्लो समय १३ बैंकले घरजग्गामा लगानी बढाउँदा बढाउँदा ७ वटाले घटाएका छन्। घरजग्गामा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रदान गरेको छ।

यस बैंकको गत वर्षको तुलनामा ३६.८६ प्रतिशत बढेर २३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रदान गरेको छ। एनआईसी एशिया बैंकले २२ अर्ब ७३ करोड रुपैयाँ, नबिल बैंकले २० अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १७ अर्ब १४ करोड रुपैयाँ र हिमालयन बैंकले १५ अर्ब २७ करोड रुपैयाँ घरजग्गामा लगानी गरेका छन्। 

प्राइम बैंकले १३ अर्ब ८६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले  १३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ११ अर्ब २३ करोड रुपैयाँ, नेपाल बैंकको  १० अर्ब १५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ अर्ब ६६ करोड रुपैयाँ, एभरेष्ट बैंकले ६ अर्ब ६८ करोड रुपैयाँ, लक्ष्मी बैंकले ५ अर्ब ५१ करोड रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन्।

यस्तै, सानिमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ, सिद्धार्थ बैंकको  ६ अर्ब १ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ, सनराइज बैंकले घटेर ४ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ११ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब १० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले २ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन्।


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend