बिहीबार , वैशाख ६ गते २०८१    
images
images

आप्रवासी कामदारप्रति निर्भर हुने देशको संख्या बढ्दैछ, लाभका लागि उपयुक्त नीति बनाउन विश्व बैंकको सुझाव 

images
images
आप्रवासी कामदारप्रति निर्भर हुने देशको संख्या बढ्दैछ, लाभका लागि उपयुक्त नीति बनाउन विश्व बैंकको सुझाव 

वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स भएको नेपाली अर्थतन्त्रका लागि यस्तो अवसर झनै लाभदायक हुने देखिन्छ। 

images
images

काठमाडौं- आप्रवासी कामदारमा निर्भर हुने देशको संख्यामा बढोत्तरी भइरहेको र भविष्यमा अझै बढ्ने विश्व बैंकको पछिल्लो एक अध्ययनले देखाएको छ। 

images
images
images

विश्व बैंकको पछिल्लो वर्ल्ड डेभलपमेन्ट रिपोर्टमा उल्लेख भए अनुसार आप्रवासी कामदारमा निर्भर हुने देशहरूको संख्यामा तीव्र वृद्धि भइरहेको छ। रोजगारीको अवसर तथा राम्रो आर्थिक भविष्यको खोजीमा रहेका देश र जनताहरूका लागि यो मौका हुनसक्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। 

images

धनी देशमात्र होइन  मध्यम आय भएका देशहरूमा आप्रवासी कामदारको माग बढ्ने देखिएको छ। जनसांख्यिक भएको परिवर्तनले गर्दा आप्रवासी कामदारको माग त्यस्ता देशमा बढ्ने देखिएको छैन। 

images

आउने दशकमा धेरै देशमा सक्रिय जनसंख्या घट्ने देखिएको छ। सन् २१०० सम्म स्पेनमा एक तिहाइ सक्रिय जनसंख्या घट्ने देखिएको छ। ६५ वर्ष माथिको जनसंख्या अहिले २० परतिशत रहेकोमा त्यतिबेलासम्म ३९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ। स्पेनजस्ता विकसित देशमात्र होइन अन्य देशमा पनि आगामी देशहरूमा विदेशी कामदारको माग धेरै बढ्ने छ। मेक्सिको, थाइल्याण्ड, टर्कीजस्ता देशमा पनि विदेशी कामदारको माग बढ्नेछ। 

images
images

तर यसरी बढ्ने वैदेशिक रोजगारीबाट लाभ लिनका लागि उपयुक्त नीति आवश्यक हुन्छ। स्वभाविक हुने माइग्रेसनसँगै बाध्यकारी माइग्रेसनका लागि पनि नीतिगत व्यवस्था चाहिन्छ। वैदेशिक रोजगारी जोखिमपूर्ण हुने भएकाले देशहरूले यसमा काम गर्नुपर्ने विश्व बैंकको सिफारिस छ। 

विश्वभर सिर्जना हुने यस्तो अवसरबाट नेपालजस्ता देशले अझै लाभ लिनसक्ने देखिएको छ। अझै ४०/५० वर्षसम्म जनसांख्यिक लाभ रहेको र सक्रिय जनसंख्या उच्च अनुपात हुने भएकाले नेपालले अझै लाभ लिनसक्ने देखिन्छ। अहिलेसम्म नेपाली कामदारले खाडी क्षेत्रमा धेरै अवसर पाइरहेका छन्। जोखिमपूर्ण काममा मात्र नेपालीले अवसर पाएका छन्। अहिले नेपालको अर्थतन्त्र नै त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको पैसाबाट चलिहरेको छ। 

वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स भएको नेपाली अर्थतन्त्रका लागि यस्तो अवसर झनै लाभदायक हुने देखिन्छ। 

 

images

प्रकाशित : बुधबार, वैशाख १३ २०८००४:२४

प्रतिक्रिया दिनुहोस