सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

त्रिवेणी ग्रुपले रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल सुरु गर्दै, ल्यायो सीकेडी किट

सुरुवाती चरणमा क्लासिक ३५० बनाउने

images
images
images
त्रिवेणी ग्रुपले रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल सुरु गर्दै, ल्यायो सीकेडी किट

कम्पनीले पहिलो चरणमा ६० वटा क्लासिक ३५० सीसी इन्जिन क्षमताको मोटरसाइकल बनाउन सीकेडी किट ल्याएको छ।

images
images

काठमाडौं- त्रिवेणी समूहले नेपालमै मोटरसाइकल बनाउने एसेम्बल किट ल्याएको छ। समूह अन्तर्गतको टीजी अटो ग्रुपले सवारी एसेम्बल गर्न सीकेडी (कम्प्लिट नक-डाउन) किट आयात गरेको हो। 

images
images
images

समूहले नेपालमै रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गर्नका लागि २०७९ भदौमा उद्योग दर्ता गराएको थियो। समूहले मोटरसाइकल एसेम्बलका लागि उद्योग दर्ता गराएलगत्तै संरचना निर्माण सुरु गरेको थियो। संरचना बनेर एसेम्बलको आधार तयार भएसँगै टीजी अटो ग्रुपले भारतबाट रोयल इनफिल्डको सीकेडी किट आयात गरेको हो। 

images

सुरुवाती चरणमा टीजी अटो ग्रुपले रोयल इनफिल्डको क्लासिक ३५० मोटरसाइकल एसेम्बल गर्ने भएको छ। कम्पनीले हालै क्लासिक ३५० को सीकेडी  नेपाल भित्र्याएकाले सुरुवाती चरणमा सोही मोटरसाइकल एसेम्बल हुने लागेको पाइएको छ। 

images

कम्पनीले पहिलो चरणमा ६० वटा क्लासिक ३५० सीसी इन्जिन क्षमताको मोटरसाइकल बनाउन सीकेडी किट ल्याएको छ। एसेम्बल प्लान्ट तयार भइसकेको र किट पनि आयात भएकाले अबको एक डेढ महिनाभित्र सुरु भइसक्ने छ। त्यसलगत्तै प्राविधिक परीक्षण गराएर नियमित एसेम्बलमा जाने तयारी कम्पनीको छ। 

images
images

सरकारले नेपालमै सवारी एसेम्बल होस् र स्वदेशमै केही रोजगारी सृजना भएर अन्य स्थानीय सामान बन्ने आधार तयार होस् भनेर यस्ता उद्योगलाई प्राथमिकता दिने नीति लिएको छ। सोहीअनुसार सरकारले नेपालमा एसेम्बल गर्ने गरि आयात हुने सीकेडीका दुई तह अर्थात ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। यो व्यवस्था गर्दा नै सरकारले आयातित तयारी मोटरसाइकलको कर भने केही बढाएको थियो। त्यसैले पनि सबैजसो मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ताहरु नेपालमै एसेम्बल उद्योग स्थापना गर्न लागि गरेका हुन्।  

मोटरसाइकल एसेम्बलका लागि टीजी अटो ग्रुप प्रालि उद्योग विभागमा दर्ता भएको थियो। दुगड समूहले बिक्री गर्दै आएको रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता लिएको त्रिवेणी समूहले मोटरसाइकल एसेम्बल प्रक्रिया आधिकारिक बिक्रेता पाएलगत्तै सुरु गरेको थियो।  

त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले २०७८ चैतबाट रोयन इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता पाएको थियो। मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो। 

कम्पनीले उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापन गरेको छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने क्षमता राख्दछ। उद्योगमा ६७ जनाले रोजरगारी पाउने छन् भने उद्योगले ५ सय केभीए बिजुली खपत गर्ने छ।

विगत २० वर्षदेखि रोयल इनफिल्डको आधिकारिक बिक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालीबाट यो ब्रान्ड खोसिएको थियो। पुरानो आधिकारिक बिक्रेताबाट असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। 

त्रिवेणी समूह नेपालमा उत्पादनदेखि सेवा क्षेत्रमा संलग्न छ। उत्पादनमा निर्माण सामग्री, कृषिजन्य वस्तुमा सहभागी यो समूहले सिमेन्ट, धागो, चिया, दाना, ग्यास, तेल, चीनी, दाल, चामल, साबुनजस्ता उत्पादन गरिरहेको छ। बैंक तथा इन्स्योरेन्स, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा पनि त्रिवेणीको लगानी छ। त्रिवेणीले विभिन्न उत्पादनको बिक्री वितरण गरिरहेको छ। कस्मेटिकदेखि घरयासी सामग्रीसम्मको व्यापारमा यो समूह संलग्न छ।

अटोमोबाइल व्यवसायमा भने त्रिवेणी समूह आधिकारिक बिक्रेताको रुपमा पहिलोपटक प्रवेश गरेको थियो। यो समूहले बेलायती ब्रान्ड रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा बिक्री गरिरहेको छ। कोरोना महामारीअघि यो ब्रान्डको मोटरसाइकल नेपालमा वार्षिक ७ देखि ८ हजार वटा बिक्री हुँदै आएको थियो। 

सरकारले बढी इन्जिन क्षमताका मोटरसाइकलमा कर बढाउँदै लगेपछि यस्ता मोटरसाइकल महँगो हुँदै गएको छ। त्यसैले पनि आधिकारिक बिक्रेताहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्न धमाधन उद्योग स्थापना गरेर मोटरसाइकल एसेम्बल सुरु गरिरहेका छन्। तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थाापन विधेयक मार्फत नेपालमै एसेम्बल हुने दुई पांग्रे सवारीको कच्चा पदार्थ आयातमा लाग्ने करमा दुई तह छुट हुने व्यवस्था गरेका थिए। त्यसअघि एसेम्बलका लागि ल्याइने कच्चा पदार्थमा एक तहमात्र छुटको व्यवस्था थियो। 

कच्चा पदार्थको आयातमा लाग्ने करमा थप छुट भएको र तयारी मोटरसाइकल आयात गर्दा लाग्ने कर बढेका कारण मोटरसाइकल आयातकर्ताहरु थप दबाबमा आएका थिए। तयारी मोटरसाइकलको कर बढेलगत्तै यामाहा, सुजुकी, होन्डा, हिरोलगायतले पनि नेपालमै मोटरसाइकल एसेम्बल गर्न उद्योग दर्ता गरिसकेका छन्। त्यस्तै केहीले एसेम्बलका लागि पूर्वाधार खडागर्ने काम समेत गरिरहेका छन्।

हाल नेपालमा बजाज तथा टीभीएसले मोटरसाइकल तथा स्कुतर एसेम्बल गर्दै आएका छन्। अन्य दर्जनौं कम्पनीले नेपालमै दुई पांग्रे सवारी एसेम्बल गर्ने भन्दै उद्योग दर्ता गरेका छन्। त्यस्तै व्यवसायी शिवप्रसाद घिमिरेको एसजी अटोक्राफ्टले पनि विद्युतीय स्कुटर एसेम्बल प्रक्रिया सुरु गरिसकेको छ। त्यसका लागि कम्पनीले सीकेडी आयात गरेर परीक्षण एसेम्बल थाल्दैछ।  

महँगो मोटरसाइकल भएको र त्यसमा पनि सरकारले वर्सेनी कर बढाउँदै लगेकाले त्रिवेणी समूह नेपालमै रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गर्न बाध्य भएको हो। आधिकारिक बिक्रेता लिएको एक वर्ष नपुग्दै मोटरसाइकलको कर बढ्नु र १५० सीसीभन्दा माथिका तयारी मोटरसाइकलमा कर बढी हुनुले त्रिवेणी एसेम्बल गर्नै पर्ने दबाबमा परेको हो। 

सुवाती चरणमा टीजी अटो ग्रुपले क्लासिक ३५० सीसीको रोयल इनफिल्ड एसेम्बल गर्ने र त्यो सफल भएसँगै नेपालमा धेरै माग हुने अन्य मोडलको एसेम्बल गर्दै जाने जनाएको छ। 

images

प्रकाशित : बुधबार, वैशाख १३ २०८००६:१८

प्रतिक्रिया दिनुहोस