काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले प्रारम्भिक अग्रता लिएका छन्।
अहिलेसम्म ५ हजार १० मत गणना सम्पन्न भएको छ। जसमा वाग्लेले २७ सय ६७ मत पाएका छन्।
यसैगरी कांग्रेसका गोविन्द भट्टराईले १२ सय ८५ र एमालेका सर्वेन्द्र खनालले ८ सय २० मत पाएका छन्। वाग्ले पाएको मत कांग्रेस र एमालेका उमेदवारले पाएको भन्दा बढी हो।