आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

जेठदेखि भारततर्फ बिजुली निर्यात सुरु हुन्छ, दैनिक १२ सय मेगावाट निर्यात गर्छौं : कुलमान घिसिङ

images
images
images
जेठदेखि भारततर्फ बिजुली निर्यात सुरु हुन्छ, दैनिक १२ सय मेगावाट निर्यात गर्छौं : कुलमान घिसिङ
images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठ पहिलो सातादेखि भारततर्फ बिजुली निर्यात हुने बताएका छन्। याे वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने उनले बताए। 

images
images
images

'अहिले ढल्केबरबाट ८ सय मेगावाट निर्यात गर्न सक्ने क्षमतामा रहेका छाैँ। पूर्वतिर पनि काबेली र इनरुवा करिडाेरबाट निर्यात गरिनेछ। यता विहारकाे लाइनबाट पनि बिजुली निर्यातकाे तयारी गरेका छाैँ। याे वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने छाैँ', आइतबार पत्रकार सम्मेलनमार्फत घिसिङले भने, '२८ सय उत्पादन क्षमता पुग्नेछ। यसमा १५ सय यहिँ खपत गर्ने र कुलेखानी बन्द गर्ने छाैँ।'

images

आफूहरूले नयाँ १४ वटा आयाेजनाकाे बिजुली निर्यात गर्ने उनले बताए। जेठकाे पहिलाे साताबाट सुरु गरेर बढीमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने याेजना रहेको उनको भनाइ छ।

images

केही दिनदेखि उद्योगमा बिजुली काटियाे भन्ने गुनासाे आइरहेकोमा उनले भने, 'पूर्वाञ्चलमा २ सय ३२ केभीकाे सर्किटमा समस्या आउँदा तलमाथि भएकाे हाे। अहिले मर्मत कार्य सम्पन्न भएर सुरु भइसकेकाे छ। विराटनगर लगायत क्षेत्रमा अहिले सहज भएकाे छ।'

images
images

गत वर्ष अप्रिलकाे अन्त्यमा पानी र हिउँ पर्दा समस्या नभएको तर अहिले पानी र हिउँ नपर्दा एभरेजमा ७ सय मेगावाट उत्पादन भएकाे भन्दै उनले निजी क्षेत्रकाे उत्पादन झनै कम भएकाे बताए। 'काबेली करिडाेरमा २०० मेगावाट उत्पादन क्षमता रहे पनि अहिले उत्पादन ३० मेगावाट मात्रै रहेकाे छ। कुलेखानी अहिले २४ सै घण्टा चलाउँदा पनि एक महिनालाई अझै पुग्ने छ' उनले भने। 

अहिले उत्पादन कम रहेकाे तर माग अत्याधिक बढेकाे हुनाले बेलुका र बिहान केही समस्या रहेको उनले स्वीकार गरे। 

'८ सय मेगावाटकाे लाेड थप भएकाे छ। अहिले उद्योग पूरा क्षमतामा नचल्दा मात्रै केही सहज भएकाेमा पूरै क्षमतामा उद्योग चल्दा धान्नै नसक्ने अवस्था रहेकाे छ। तराईमा सिँचाइमा मात्र २ सय मेगावाट माग बढेकाे छ। अहिले सुक्खा बढेकाेले ढल्केबर र टनकपुरबाट बिजुली आयाता भइरहेकाे छ। ढल्लेबरबाट ८०० मेगावाटसम्म आयात गर्न सक्छाैँ', उनले भने, 'यता टनकपुरबाट ७० मेगावाट मात्रै आयात गर्न सक्छाैँ। बिहार, विरगन्जबाट पनि ठाउँ ठाउबाट आयात गरिररहेका छाैँ।'

अब बिजुली निर्यात कसरी गर्ने भन्नेमा ध्यान दिने बेला आइसकेको भन्दै उनले भने, '१५ दिनपछि प्रि मनसुन सुरु हुन्छ। जेठकाे पहिलाे साताबाटै बिजुली निर्यात सुरु हुन्छ। आउने हिउँद याममा याे अहिलेको कुनै पनि समस्या आउँदैन। प्रसारण लाइनकाे समस्याका कारण अहिले केही समस्या आएकाे हाे। याे सबैमा प्रसारण लाइन निर्माण अन्तिम चरणमा रहेकाेले याे समस्या हल हुँदै जाने छ।'

images

प्रकाशित : आइतबार, वैशाख १० २०८००८:११

प्रतिक्रिया दिनुहोस