आइतबार, जेठ ६ गते २०८१    
images
images

नागरिक एपमा निःशुल्क फोनमार्फत समस्या टिपाउने सुविधा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
नागरिक एपमा निःशुल्क फोनमार्फत समस्या टिपाउने सुविधा
images
images

काठमाडौं- 'सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।

images
images
images

सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर (निःशुल्क फोन लाग्ने) र भाइबर हेल्प डेस्क सुरु गरेको जनाएको छ। जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नेछन्। 

images

यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर +९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।

images
images

गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो। नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो। पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ। एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ।

images
images

सुरुआती चरणमा गृहमन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो। नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन्। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend