शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सात वर्षमा पनि बनेन हापुरखोला पुल, विभिन्न कारण देखाउँदै म्याद थप्दै निर्माण कम्पनी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
सात वर्षमा पनि बनेन हापुरखोला पुल, विभिन्न कारण देखाउँदै म्याद थप्दै निर्माण कम्पनी

पुल निर्माणका लागि पटक-पटक स्थानीयले दबाब दिने गरेका छन्। तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन्।

images
images

तुलसीपुर- तुलसीपुर उपमहागरपालिका-१५ मा पर्ने डुरुवा-कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो। तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ।

images
images
images

विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीयवासी भने अहिले निराश बनेका छन्।

images
images

'निर्माण सुरु भएको सात वर्ष भयो', स्थानीय भन्छन्, 'तर अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो।'

images
images

सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ। यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियारले बताए।

'वर्षातमा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन', उनले गुनासो गरे।

पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन्। वडा कार्यालय पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको तुलसीपुर-१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए।
 
हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ। तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इञ्जीनियर विके लाखेले बताए।

पुल निर्माणका लागि पटक-पटक स्थानीयले दबाब दिने गरेका छन्। तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन्। पुल निर्माण अधुरो हुँदा नागरिकले सास्ती भोग्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend