शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

१ खर्ब लगानीमा ५५० मेगावाट बिजुली उत्पादनको प्रतिबद्धता, कुन खोलामा कति लगानी?

images
मंगलबार, वैशाख ५ २०८०
images
१ खर्ब लगानीमा ५५० मेगावाट बिजुली उत्पादनको प्रतिबद्धता, कुन खोलामा कति लगानी?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बुदुम खोला जलविद्युत आयोजनाले २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ।

images
images

काठमाडौं- पछिल्लो ९ महिनामा ५५०.९३ मेगावाट बिजुली उत्पादनका लागि १ खर्ब रूपैयाँ लगानी प्रस्ताव आएको छ। निजी क्षेत्रबाट ३४ कम्पनीले ९९ अर्ब २५ करोड ५९ लाख २२ हजार रूपैयाँ लगानी प्रस्ताव गरेका हुन्।

images
images
images

पछिल्लो समय निजी क्षेत्रले पनि सानादेखि ठूलासम्म हाइड्रोपावरमा लगानी विस्तार गर्दै आएका छन्। सुम्निमा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने पिखुवा पशुपति जलविद्युत आयोजनामा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीको प्रस्ताव गरेको छ।

images
images

तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले तामाकोशी पाचौँ जलविद्युत आयोजनामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।

images
images

कार्बोनलेस इनर्जी फण्डले ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बुदुम खोला जलविद्युत आयोजनाले २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। एसके इनर्जी डेभलपमेन्ट प्रालिले १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो।

ओमेगा इनर्जी डेभल्पर प्रालिले निर्माण गर्ने माथिल्लो सुनीगाड जलविद्युत आयोजनामा ३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ।

त्यस्तै ट्रष्ट इनर्जी लिमिटेडले ५ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालिले २ अर्ब १६ करोड २१ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। 

यारु हाइड्रोपावरले ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। हलेसी हाइड्रोपावरले १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ लगानी हुँदैछ। गोर्खाज हिमालयन हाइड्रोले ८३ करोड ७८ लाख रुपैयाँ लगानी गर्दैछ। शिखर पावर डेभलपमेन्ट लिमिटेडले निर्माण गर्ने लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजनामा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी हुँदैछ। 

एलायन्स इनर्जि सोलुसन्सले ८८ करोड २४ लगानी हुँदैछ। डाइनमिक पावर प्रालिले ८४ करोड ३४ लाख रुपैयाँ लगानी गर्दैछ। मेवा डेभलपर्स लिमिटेडले निर्माण गर्ने सिवाखोला जलविद्युत आयोजनामा २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ लगानी गर्नेछ। सिल्क पावरले ४ अर्ब ४० करोड लगानी गर्नेछ। बाग्मती वाटर इनर्जीले १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ लगानी गर्दैछ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले मिस्ट्री खोला-२ क्यास्केड जलविद्युत आयोजनामा १ अर्ब ६१ करोड रुपैयाँ लगानी हुनेछ।  

डायनामिक हाइड्रो इनर्जीले ५ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी गर्नेछ। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले २ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ लगानी गर्नेछ। दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेडले म्याग्दी खोला-ए जलविद्युत आयोजनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ लगानी हुँदैछ।

दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने सुपर इन्खु जलविद्युत आयोजनामा ४ अर्ब ८४ करोड १९ लाख रुपैयाँ लगानी हुँदैछ। ओम पावर कम्पनीले ठूलीगाड खोला जलविद्युत आयोजनामा ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी रहेको छ।

संखुवासभा पावर डेभलपमेन्टले सुपर सभाखोला ए जलविद्युत आयोजनामा १ अर्ब ७६ करोड २९ लाख रुपैयाँ लगानी हुँदैछ। सुपर घलेम्दी हाइड्रो पावरले १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ। इसुवा इनर्जीले इसुवा खोला ५ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ। कावेली हाइड्रोपावर कम्पनी लिमिटेडले तल्लो तावा खोला जलविद्युत आयोजनामा १ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ लगानी प्रस्ताग गरे‍को छ।

गुगेश्वरी इनर्जीले तल्लो मेलम्ची जलविद्युत आयोजनामा ८४ करोड २८ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ। गुगेश्वरी इनर्जीले माथिल्लो मेलम्ची जलविद्युत आयोजनामा ९० करोड ५२ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ। 

त्रिकाल पावर कम्पनीले ३७ करोड ८३ लाख रुपैयाँ लगानीमा आयोजना निर्माण गर्दैछ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा ७१ करोड ९८ लाख रुपैयाँ लगानी हुँदैछ। गुल्मी हाइड्रो प्रालिले ३५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

सुश्मित इनर्जीले म्याग्दी खोला बी जलविद्युत आयोजनामा २ अर्ब १३ करोड रुपैयाँ लगानी गर्दैछ। सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने माथिल्लो नेशम खोला ए जलविद्युत आयोजनामा ४ अर्ब ७ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend