शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

जिउलोमा मार्सीधानको खेती घट्दै, किसान भन्छन् - ‘खेती गर्नुभन्दा बरु पाटनमा यार्सा टिप्न सहज’

images
बिजनेस न्युज
images
images
जिउलोमा मार्सीधानको खेती घट्दै, किसान भन्छन् - ‘खेती गर्नुभन्दा बरु पाटनमा यार्सा टिप्न सहज’

खेतमा कालीमार्सी धान रोप्दा रोग-कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको किसान बताउँछन्।

images
images

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ।

images
images
images

विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती बिस्तारै घटेको पातारासी गाउँपालिका-३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए। 

images

यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन्। कतिपयले खेत बाँझै राख्ने गरेका छन्। खेतमा कालीमार्सी धान रोप्दा रोग-कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ।

images

'धानखेतीका लागि प्रशस्त पानी छ। सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन्। तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग-कीराको संक्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ', उनले भने। 

images
images

पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ। कालीमार्सी धानको आफ्नै पहिचान छ। तर पहिचानले खान लाउन पुग्दैन। धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको  पातारासी-२ का ६२ वर्षीय गोर्खे बुढाले बताए। समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए। 

कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ। किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ। किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन। केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्। यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ।

कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा संकलनका लागि पाटनतिर जाने गरेका छन्। जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ। यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम ५० हजारदेखि एक लाख रूपैयाँसम्म कमाउँछन्। 

एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन्। कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ। जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ। यो याममा खेतमा किसानले जौखेती गरेका छन्। रासस 

images

प्रकाशित : आइतबार, वैशाख ३ २०८००४:४८
प्रतिक्रिया दिनुहोस