शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

हुलाकी सडक : चार वर्षदेखि निर्माण प्रभावित

images
बिजनेस न्युज
images
images
हुलाकी सडक : चार वर्षदेखि निर्माण प्रभावित
images
images

महेन्द्रनगर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ।

images
images
images

डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ। तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म) को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको छ। 

images

दोस्रो र तेस्रो खण्डको निर्माण सुस्त गतिमा भइरहेको कार्यालयका प्रमुख सविन जोशीले बताए। उनले बेलौरी नगरपालिका-८ क्षेत्रमा एक हजार ६ सय मिटर सडक सीमा विवादका कारण निर्माण रोकिएको जानकारी दिए।

images

वर्षौँदेखि भारतीय पक्षले अवरोध गरेकाले निर्माण रोकिएको प्रमुख जोशीको भनाइ छ। 'भारतीय पक्षले सो क्षेत्रमा सीमा पिल्लर नभएको दाबी गरेपछि सीमा यकिन नहुँदा पक्की संरचना बनाउन रोक्दै आएको छ', उनले भने, 'भारतीय पक्षसँग जिल्लास्तरमा हुने सीमा बैठकमा समेत यो विषयमा छलफल भए पनि समाधान अझै भएको छैन।'

images
images

'उक्त सडक दशकौंँदेखि हामीले नै भोगचलन गर्दै आएका छौँ। भारतीय पक्षले सीमा पिल्लर हराएको दाबी गरेकाले नेपाल-भारत संयुक्त सर्वे टिममार्फत समाधान गरेर अघि बढुनपर्ने देखिन्छ', प्रमुख जोशीले भने।

६ वर्षअघि हुलाकी सडक निर्माण थालिएको केही महिनापछि सो क्षेत्रमा भारतीय पक्षले ग्राभेल हाल्ने क्रममा अवरोध गरेपछि हालसम्म निर्माण अगाडी बढ्न सकेको छैन। हुलाकी राजमार्ग योजना कार्यालयले उक्त विषय समाधानका लागि जिल्ला प्रशासन कार्यालयलाई पटक-पटक पत्राचार गरेको जनाएको छ।

'सीमाको विषय संवेदनशील भएकाले पनि माथिल्लो तहबाट समाधान हुनुपर्ने हुन्छ। सीमा विवाद हल गरेर नेपाल-भारतको दशगजा क्षेत्र छुट्याएर निर्माण अघि बढाउन भारतीय पक्षले भनिरहेका छन्', उनले भने।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भारतीय पक्षबाट निर्माण अवरोध गरेको विषयमा प्रशासनले सुरक्षा निकायको टिमसहित स्थलगत अनुगमन गर्ने बताए। 'यो विषयमा विस्तृत बुझ्न सुरक्षा निकायको टिमसहित स्थलगत अनुगमनमा जाने तयारीमा छौंँ। समस्या पत्ता लगाइ समाधानका लागि अघि बढ्ने छौँ', उनले भने।

बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो चरणअन्तर्गत २० किलोमिटरमध्ये साढे नौ किमी सडक कालोपत्र भइसकेको छ। तीन चरणमा निर्माण भइरहेको उक्त सडकअन्तर्गत दोस्रो र तेस्रो चरणका लागि पाँचौँ पटक म्याद थप गरिएको छ। 

अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लभराज भट्टले चार वर्षदेखि उक्त खण्डमा भारतीयले सडक निर्माणमा अवरोध गरेको बताए। 'अवरोध गरिएको ठाउँभन्दा वर नेपाली लालपुर्जा भएको जमिन हामीसँग छ। विसं २०५९ सालमा नयाँ स्ट्रीप नक्शा बनाउने बेला उक्त भूमि भारतमा पारिएको भन्ने कुरो छ', उनले भने।

उनले दुई देशबीचको विषय भएकाले अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले विगतमा प्रधानमन्त्री तहसम्म जानकारी गराएको बताए। 'सडकभन्दा २० मिटर वर (भारततर्फ) ३८ नम्बर पिल्लर छ', संयोजक भट्टले भने, 'सीमा पिल्लर नभए वा हराएको भन्नु गलत हो।' रासस

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend