मंगलबार, वैशाख ४ गते २०८१    
images
images
images
images

साहसिक पर्यटनको नयाँ ‘प्रोडक्ट’ जिपलाइन

images
images
साहसिक पर्यटनको नयाँ ‘प्रोडक्ट’ जिपलाइन
images

नेपालमा साहसिक पर्यटनका 'प्रोडक्ट' एकपछि अर्को गर्दै थपिने क्रममा छन्। नेपालको साहसिक पर्यटकीय प्रोडक्टमा एक दर्जनभन्दा बढी गतिविधि सञ्चालनमा छन्। त्यसमा पनि पछिल्लो समय जिपलाइनको आकर्षण बढ्दो छ।

images
images
images

पहिले साहसिक पर्यटनमा बन्जी, प्याराग्लाइडिङ लगायत थिए। अहिलेको पछिल्लो साहसिक पर्यटकीय प्रोडक्ट जिपलाइन हो। विशेष जिपफ्लाएर भनेर पोखरामा पहिले नै सञ्चालनमा थियो। हामीले सानो व्यवसाय भएर पनि फरक खालको केही काम गराैँ भन्दै गर्दा मैलै जिप फ्लाएरको सट्टा जिपलाइन राखेको थिएँ।

images

हामीले त्यसमा पनि सुपरम्यान जिपलाइन धुलिखेलबाट सुरु गरेका थियौँ। कोरोनाअगाडि यसबारे केही प्रचारप्रसार भयो। कोरोना कम हुँदै गएपछि भने व्यवसायले गति लिन थाल्याे। तर अहिले पुन: मन्दी आएको छ।

images

यसपछि भेडेटार, पाइलटबाबा आश्रम, मकवानपुरगढीमा पनि हामीले जिपलाइन सुरु गर्‍यौँ। पछि नगरकोटमा पनि बन्यो, तर अहिले त्यहाँ प्राविधिक कारणले जिपलाइन सञ्चालन हुन सकेको छैन।  

images
images

थोरै लगानीमा राम्रो आम्दानी हुने हुँदा पछिल्लो समय यसमा व्यवसायीको आकर्षण बढेको छ। अहिले रिसोर्टहरूमा पनि यो नयाँ प्रोडक्ट थपिएको छ। ठूला घरानाहरूले सञ्चालन गरिरहेको चन्द्रागिरि, अन्नपूर्ण, साराङकोटमा समेत जिपलाइन थपिएको छ। यसले पनि गन्तव्यमा बिताउने पर्यटकको समय बढाएको छ।

जिपलाइनले स्थानीयको व्यापार व्यवसाय पनि बढेको छ। तर यसका लागि राज्यबाट हुनुपर्ने हुनुपर्ने नीतिनियम फितलो छ। युवादेखि वृद्ध सबैका आकर्षणमा परेको प्रोडक्टको नियमन हुन सकेको छैन। यसमा प्रयोग हुने उपकरणहरूमा मापदण्ड छैन। उदाहरणका लागि मैले धुलिलेखमा सञ्चालन गरेको तीनवर्ष भयो तर अहिलेसम्म राज्यको तर्फबाट कुनै अनुगमन भएको छैन।

नयाँ पर्यटकीय प्रोडक्ट भएका कारण यसमा लगानी गर्नेहरूको संख्या बढेको छ। अहिले देशभरी सबै प्रक्रिया पूरा गरेर नै जिपलाइन सञ्चालन गर्नेको संख्या १४ भन्दा बढी भइसकेको छ। तर यसका लागि कुनै आवश्यक मापदण्ड नहुँदा कुनै दुर्घटनाले प्रोडक्टमा नै समस्या ल्याउन सक्छ। यसका लागि राज्यले बेलैमा सोच्नु पर्छ। अहिले गुणस्तरहीन सामान प्रयोग गरेर तथा रुखमा तार झुण्डाएर पनि जिपलाइन सञ्चालन भइरहेको छ। केही छिटपुट घटना पनि सुरु भएको छ। यसका राज्यले बेलामा नै सोच्नु पर्छ।

नेपाल साहसिक पर्यटकीय प्रोडक्टमा एकपछि अर्को गन्तव्य थपिएको छ। यो पर्यटन क्षेत्रका लागि सुखद हो। यसमा राज्यको तवरबाट प्रभावकारी नीति भने चाहिन्छ। अहिले व्यवसायीहरूले नै अनुगमन तथा नीति माग्दा पनि काम भएको छैन।

नेपालमा साहसिक पर्यटनको इतिहास लामै छ। साहसिक पर्यटनका लागि चर्चित पनि छ, नेपाल। साहसिक पर्यटन अन्तर्गतको ट्रेकिङ र वाइल्डलाइफमा त नेपाल 'पायनियर' नै हो।

हिमाल आरोहण (माउन्टेनरिङ) पनि नेपालको पहिचान हो। नेपालको र्‍याफ्टिङ दक्षिण एसियाकै आकर्षक मानिन्छ। नेपालमा र्‍याफ्टिङ सन् १९७० को दशकमा सुरु भएको थियो।

नेपालमा साहसिक पर्यटनका 'प्रोडक्ट' एकपछि अर्को गर्दै थपिने क्रममा छन्। नेपालको साहसिक पर्यटकीय प्रोडक्टमा एक दर्जनभन्दा बढी गतिविधि सञ्चालनमा छन्। प्याराग्लाइडिङ, स्काई राइडिङ, बन्जी, ट्रेल रेस, म्याराथन, अल्ट्रालाइट लगायतका प्रोडक्ट नेपालका लागि अहिले पहिचान बनिसकेको छ।

साहसिक पर्यटन भनेको पर्यटकका लागि उत्साहित बनाउने नयाँ प्रोडक्टको रुपमा लिइनुपर्छ। पछिल्लो समय साहसिक पर्यटनमा क्रेज बढ्दो छ। तर साहसिक पर्यटकीय प्रोडक्ट बचाइराख्ने हो भने सरकारले समेत सहयोग गर्नुपर्छ। साहसिक पर्यटनलाई व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक सुरक्षा प्रणाली तथा कानूनी व्यवस्था भने कमजोर छ।

जिपलाइन खेल तथा अन्य साहसिक पर्यटकीय खेल शतप्रतिशत नै सुरक्षित छ भनेर भन्न मिल्दैन। यसका लागि राज्यबाट अनुगमन तथा नियमन चाहिन्छ भनेर हामीले भनिरहेका छौँ।

जिपलाइनमा प्रयोग हुने उपकरण तथा सामग्रीहरू अन्तर्राष्ट्रिय गुणस्तरप्राप्त कम्पनीबाट उत्पादन भएको र सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरू पूरा भएकोमात्रै प्रयोग गर्ने भनिए पनि कतिपयबाट त्यो काम हुन सकेको छैन। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # nepaltourism
  • # visitnepal
  • # tourismspecial


  • प्रतिक्रिया दिनुहोस