आइतबार, वैशाख २३ गते २०८१    
images
images

रोकिएका सडक निर्माण अघि बढाउन सांसदको माग

images
बिजनेस न्युज
images
images
रोकिएका सडक निर्माण अघि बढाउन सांसदको माग
फाइल तस्बिर

पाल्पाको डुम्रेदेखि काकल्दी-बुढाखोल्सा-कुसुमखोला-त्रिवेणी-सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न नसकेको सांसद ठाकुरप्रसाद गैरेले बताएका छन्।

images
images

काठमाडौं- ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्‌मार्फत् निर्देशन दिइनुपर्ने बताएका हुन्।

images

'रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी-सुन्दरढुंगा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो। तर अहिलेसम्म काम सुरु हुनसकेको छैन। पाल्पाको डुम्रेदेखि काकल्दी-बुढाखोल्सा-कुसुमखोला-त्रिवेणी-सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न सकेको छैन', गैरेले भने।

images

त्यस्तै डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्र गर्ने गरी सुरु भएको ठेक्काको अझै सुरु नभएको उनको भनाइ छ। विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र गरेको उनको भनाइ छ। 

images
images

'वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानूनी उल्झन देखाएर निर्धारण भएका कामहरु सुरू नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ', सांसद गैरेले भने। ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उनले संसद्मा माग गरे।

सांसद तेजुलाल चौधरीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड र सडक डिभिजन लहानअन्तर्गत कार्यान्वयन भइरहेका सडकको कामबारे प्रश्न उठाए। 'पटकपटक बोलपत्र प्रक्रिया रद्द हुने र अर्को ठेक्का प्रक्रिया सुरु गर्न निकै धेरै समय लाग्ने गरेका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गतका धेरै सडकखण्ड अलपत्र छन्। दुई/तीन पटकसम्म बोलपत्र हुँदा पनि काम अघि बढ्नसकेको छैन', सांसद चौधरीले भने। रासस 

images

प्रकाशित : बुधबार, चैत २९ २०७९०८:५२
प्रतिक्रिया दिनुहोस