शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

थानकोट-चित्लाङ सडकखण्ड : दुई किलोमिटरमात्रै स्तरोन्नति, बजेट अभावले अघि बढेन काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
थानकोट-चित्लाङ सडकखण्ड : दुई किलोमिटरमात्रै स्तरोन्नति, बजेट अभावले अघि बढेन काम

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन।

images
images
images

काठमाडौंतर्फको सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन।

images
images

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ। काठमाडौंबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ।

images
images

'ठाउँ-ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन', कार्यालयका इन्जिनियर नेत्र पौडेलले भने। बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ। यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो।

थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ। त्यहाँबाट छ किमी काठमाडौंसम्म सडक बिग्रिएको छ। मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ। चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ। थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ।

गतवर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो। अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इन्जिनियर पौडेलले जानकारी दिए। थानकोट-चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ। मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ। रासस


प्रकाशित : बुधबार, चैत २९ २०७९०६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend