आइतबार, वैशाख २३ गते २०८१    
images
images

सिंहदरबारको फोहर विवादबारे गगन थापाले भने - कामपासँग संवाद गरी जायज माग पूरा गरियोस्

images
बिजनेस न्युज
images
images
सिंहदरबारको फोहर विवादबारे गगन थापाले भने - कामपासँग संवाद गरी जायज माग पूरा गरियोस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिंहदरबारको फोहर विवाद सल्ट्याउन आग्रह गरेका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए।

images

'सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस्', उनले भने। उनले काठमाडौंका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गरे।

images

काठमाडौं महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन। 'काठमाडौं महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुंगियो भनेर यतिकै नछाडियोस्, संघीय सरकारले बनाउनुपर्ने कानुन संसद्‌मा ल्याइयोस्। हामी काम गर्न तयार छौँ', उनले भने।

images
images

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उनले भने, 'स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला।' रासस

images

प्रकाशित : सोमबार, चैत २७ २०७९०८:२७
प्रतिक्रिया दिनुहोस