आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन, खेत बाँझो राख्नुपर्ने अवस्था हट्ने विश्वास

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २४ २०७९
images
सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन, खेत बाँझो राख्नुपर्ने अवस्था हट्ने विश्वास

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ।

images
images

बाँके- गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो। सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन्। त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो। 

images
images
images

अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ। विसं २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो। यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ। अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ।

images
images

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेकामा अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ। नरैनापुरको गङ्गापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंह बताउँछन्। उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ। 

images
images

'नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा पुग्ने सुनिश्चित छ', निर्देशक सिंह भन्छन्, 'बाँकी मूल नहरसहित शाखा नहरको सर्भेक्षण र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का अगाडि बढाइन्छ।'

गत असार २८ गते सात घनमिटर प्रतिसेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो। परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको आयोजनाले जनाएको छ। पूर्वी नहरको संरचनामा ३७ किलोमिटर नहर निर्माण भएको छ। केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ। 

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ। पूर्वी नहरबाट पानी सञ्चालन भएपछि सुक्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ। सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन्। सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता अब हटेको यहाँका किसानको भनाइ छ। 

सो क्षेत्रका किसानले आकाशे पानीको भर परेर खेती गर्नुपर्ने अवस्था थियो। पूर्वी नहरमा पानी छाडिएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारू बताउँछन्। पूर्वी नहर निर्माणका लागि कालिकाकुमार जेभीसँग ३ अर्ब ६ करोड ९८ लाख ५९ हजार २ सय ५९ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। रासस


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend