सोमबार, वैशाख १७ गते २०८१    
images
images

स्वार्थ समूहको चासो उद्योग वाणिज्य महासंघको चुनावसम्म

images
images
images
स्वार्थ समूहको चासो उद्योग वाणिज्य महासंघको चुनावसम्म
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारण सभा तथा नेतृत्व चयनको महाधिवेशन यही चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। 

images
images
images

नेपालभर संगठन सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावले एकैपटक देशभरका व्यवसायीलाई तरंगित बनाउँछ। प्रभावशाली प्रतिनिधमूलक संस्थाको नेतृत्वमा पुग्न चाहने हरेक व्यवसायी चुनावमा प्रतिस्पर्धी हुन्छन्। यसअघिका चुनावमा जस्तै यसपटक पनि प्यानल नै बनाएर चुनावमा होमिने भएका छन्। 

images

वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूले प्यानल बनाएर चुनावमा होमिँदैछन्।

images

यसपटक तीनवटा प्यानल बनेका छन्। वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४ औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले वरिष्ठमा उम्मेद्‍वारी दर्ता गराइसकेका छन्।

images
images

यी तीनजनाले पदाधिकारीसहित कार्यकारीसमिति सदस्यसम्म प्यानल बनाएका छन्। उमेशलाल र अञ्जनले भने एशोसिएट उपाध्यक्षमा एउटैलाई उम्मेद्‍वारी बनाएका छन्। 

यसपटकको निर्वाचनमा तीनवटा प्यानल बन्नुका पछाडि महासंघमा फरक समूहको अधिक चासो देखिएको छ। त्यही कारणले गर्दा प्रतिस्पर्धा अझ पेचिलो भएको छ। व्यावसायिक समूहको नाममा स्वार्थ समूह हाबी भएको छ। 

अहिले महासंघ चुनाव व्यवसायीलाई भन्दा पनि राजनीति पार्टीहरूलाई बढी लागेको देखिन्छ। विगतमा दिइएको चन्दाको गुन तिर्नमात्रै होइन नयाँ चन्दा असुल्न पनि पार्टी र पार्टीका नेताहरू महासंघको चुनावमा केन्द्रित हुने गरेका छन्। 

यो चुनावमा अधिक राजनीतिक हस्तक्षेप पनि देखिएको छ। विशेषगरि नेपाली कांग्रेसका समभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजू राणा विशेष सक्रिय भएकी छन्। राणासँगै माओवादीका नेता जनार्दन शर्मा, कांग्रेसकै नेता ऐनसिंह महरलगायत पनि खटिएका छन्। 

आरजू राणाको नेतृत्वमा राजनीतिक स्वार्थ र अन्य व्यावसायिक समूहको स्वार्थले एउटा प्यानल नै बनेको छ। महासंघमा विशेषगरि दुईवटा समूह बनाएर चुनावमा जाने पछिल्लो परम्परा जस्तै बनेको थियो। तर यसपटक तीनवटा बन्नुमा पनि यही समूहको स्वार्थ रहेको छ।

यो निर्वाचनमा एउटा स्वार्थ समूह जो पछिल्लो पाँच वर्षदेखि नीति निर्माण र सार्वजनिक स्रोतको उपयोगमा हाबी हुँदै आएको छ। यही समूहको सक्रियताले महासंघको निर्वाचनमा रोचक समीकरण निर्माण भएको छ।

वर्तमान तीनवटै उपाध्यक्ष सुरुमा वरिष्ठ उपाध्यक्षका लागि दाबेदार रहेका थिए। अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र दिनेश श्रेष्ठ। यी तीनैजनाले देशभरका महासंघका जिल्ला तथा प्रदेशका साधारणसभामा दौडधुप बढाएका थिए। त्यस्तै अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएका उमेशलाल पनि उत्तिकै दौडधुपमा थिए। 

तर अन्तिममा अञ्जन र संघईले प्यानल बनाएरै मनोनयन नै गरिसके भने दिनेशले उमेशलालको टिममा रहेर उम्मेद्‍वारी दिएका छन् उपाध्यक्षमै दोहोर्‍याउनका लागि। 

यहाँसम्म सबै सामान्य छ। प्यानल बनाउँदै गर्दा सबै चिज ठीकठाक थियो। उमेश र अञ्जनले सुरुमै पूर्ण टिम बनाएका थिए। तर संघई भने टिम नपाएर हैरान भएका थिए। तर संघईले आरजू राणाको आशिर्वादमात्र होइन चुनावै जिताइदिने आश्वासन पाए र आरजू राणा र उनको ग्याङको सक्रियतामा अञ्जनकै टिममा रहेकी ज्योत्सना श्रेष्ठ संघईको टिममा पुगिन्। 

यो अवस्था त्यसै आएको होइन यसमा आरजू राणाको संरक्षणमात्र होइन यो सबका लागि शंकर समूहका साहिल अग्रवाल विशेष सक्रिय भए। सुरुमा धेरै अञ्जन श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्ष उठ्ने भनेर अनुमान गरिएको साहिल एकाएक संघईको प्यानल बनाउनमा सक्रिय भए। साहिल आफू निर्वाचन लड्नका लागि भन्दै एशोसिएट सदस्य नवीकरणदेखि नै तयारी गरेर बसेका थिए। 

आरजू राणाको एउटा प्यानललाई संरक्षण र त्यसको आर्किटेक साहिल अग्रवाल! यो त्यही कडी हो जसले पछिल्लो समय नीतिगत परिवर्तनमा हस्तक्षेप गरेको थियो। जनार्दन शर्मा अर्थमन्त्री र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा करका दर हेरफेर, स्टिल तथा अन्य क्षेत्रको व्यापारमा प्रभाव पार्नेगरि भएका नीतिगत परिवर्तनमा यही समीकरण थियो। त्यतिबेलाको समीकरण वृहत थियो तर यसपटक आरजू र साहिलमात्र देखिएका छन्। 

नीतिगत परिवर्तन गर्ने यो स्वार्थ समूहको कडी त्यसभन्दा पनि पर हिमालय पुनर्बीमाको लाइसेन्सम्म जान्छ। पछिल्लो समय लघुवित्तमा कम्पनीको लाइसेन्समा पनि साहिल अग्रवालहरूकै यो समीकरणले ७ मध्ये अधिकांशमा कब्जा जमाएको छ। त्यही स्वार्थ समूह यो निर्वाचनमा पनि हाबी भएको छ। 

स्वार्थ समूहको नजर महासंघमा किन पर्‍यो? 

हिमालय पुनर्बीमामा कम्पनीको लाइसेन्स कब्जा गर्दाखेरि एउटा वृहत समूह बनेको थियो। मिडिया सञ्चालकदेखि विभिन्न संघसंस्थाका हर्ताकर्ता त्यो समूहमा थिए। यो त्यही समूह थियो जसले पहिला सामान्य ठेकापट्टामामात्र सीमित थियो। त्यसपछि लाइसेन्स जस्तो चिज सजिलै प्राप्त गर्‍यो। लघुबीमा सिर्जना गर्दै लाइसेन्स पनि सबै आफैले लियो। 

यो सबै यति सजिलै भयो कि उनीहरूले सोचेकै थिएनन्। यसमा एउटा सजिलो के भइदियो भने निजी क्षेत्रका प्रतिनिधमूलक संस्था जसले चाहेमा सरकारलाई दबाब दिन सक्छन्। सरकारलाई लोकप्रिय वा अलोकप्रिय बनाइदिन सक्छन्। यस्तो समूहका नेताहरू आफ्नै फेभरमा भइदिएमा सरकारमा बस्नेहरूलाई पनि सजिलो र पाउनेहरूलाई पनि सजिलो हुने भयो। 

हिमालय पुनर्बीमामा कम्पनीको अध्यक्ष नै महासंघका अध्यक्ष शेखर गोल्छा रहेका छन्। गोल्छाको साथ र सहयोग लघुबीमाको लाइसेन्ससम्मै रह्रयो। 

त्यस्तै स्टिल लगायतका औद्योगिक क्षेत्रमा करका नीतिगत परिवर्तन जसरी गरियो त्यसमा सोचेजस्तो निजी क्षेत्रबाट दबाब पुगेन। अथवा विरोध नै भएन किनभने महासंघको नेतृत्व आफ्नै पक्षमा भएमा अरुले विरोध गरेर खासै प्रभावकारी नहुने निष्कर्षमा उक्त स्वार्थ समूह पुग्यो। त्यही भएर महासंघमा आँखा लगाएको व्यवसायीहरू बताउँछन्। 

‘तपाईंले याद गर्नुभएको छ निश्चित समूलाई पोस्नेगरि आएको करनीतिका पक्षधर र विरोधीहरूको प्रष्ट कित्ताकाट भएको छ नि’ एक व्यवसायीले भने, 'नीति कब्जा गर्ने समूहले आफ्नो एउटै समूह बनाएको छ।’ 

यही कुरा देखेको स्वार्थ समूहले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा साथ पाइसकेको थियो। महासंघसँगै सीएनआईका केही प्रभावशालीहरू पनि त्यो समूहमा थिए। यही समूहका सदस्यहरू महासंघको यो निर्वाचनमा आफ्नो पक्षधर समूह निर्माणमा तल्लीन भयो। 

यो समूह सक्रिय भएसँगै केही समय पहिलासम्म खासै आधार नभएका भनिएका रामचन्द्र संघईले अहिले देशकै ठूलो कर्पोरेट साथ र राजनीतिक संरक्षणसमेत पाएका छन्। आरजू राणाले यसमा साथ दिएकी छन् भने विशाल समूह र शंकर समूह एक ठाउँमा आएका छन्। पछिल्लो समयदेखि यी दुई समूहबीचमा पानी बाराबारकै अवस्था थियो। तर अहिले भने एक ठाउँमा आएका छन्। 

यो समूहको रोजाईमा संघई पर्नुको कारण प्रष्ट छ। साहिल अग्रवालले यसका लागि बरु विशाल समूहसँग फेरि दोस्ती गर्नसम्म तयार भएका छन्। संघई नेतृत्वमा पुगेको अवस्थामा यो समूहलाई आफ्नो पक्षमा काम गराउन सहज हुने छ। संघईको एउटैमात्र लक्ष्य महासंघको नेतृत्वमा पुग्ने हो। उनको लक्ष्य पूरा भयो भने उनलाई आफ्नो पक्षमा दौडाउन सहज हुनेमा यो समूह प्रष्ट छ।

स्वार्थ समूहको साथ र सहयोगले विशाल कर्पोरेट समूहलाई एकीकृत गरे पनि चुनावमा भने यो समूहलाई सोचेजस्तो सहज भने छैन। किन भने यो समूहले एशोसिएट भोटमा प्रभाव पार्ने हो। यद्यपि यसमा प्रोक्सी हुने भएकाले धेरै भोट पहिले नै तय हुन्छन्। यो समूहभन्दा बाहिर बढी भोट छन् एशोसिएटका पनि। त्यस्तै सबैभन्दा धेरै प्रभावशाली मानिएको जिल्ला नगरमा आरजू राणाको लबिङबाहेक यो समूहको आफ्नै प्रभाव भने खासै छैन। 

images

प्रकाशित : बिहीबार , चैत २३ २०७९१२:४७

प्रतिक्रिया दिनुहोस