आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
images
रसुवागढी नाका आजदेखि पुनः सञ्चालन

कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सीमानाका क्रमशः सञ्चालनमा आउने सचिव मधुकुमार मरासिनीले जानकारी दिए।

images
images

रसुवा- कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ।

images
images
images

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ। नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्किएका थिए।

images
images

कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सीमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए। आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए। नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए।

images
images

रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरूङतर्फ पठाइएको छ। मालसामान आयातका लागि आजै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ।

केरूङका लागि आठसय ८७ ट्रक पालैपालो पठाइने भएको छ। कोरोना संक्रमण कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो। नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। रासस  


प्रकाशित : शनिबार, चैत १८ २०७९०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend